Subscribe Us

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेटबाट भाद्र २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय नरेश चौधरीलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

लु ४८ प ५२४८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज चौधरीले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईजोल्याव १७ वटा, नोफिन १७ वटा, फेनारगन १७ वटा र ब्राउनसुगर २ पोका फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बीरगंजमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित ईसाराईलबाट भाद्र २१ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरापलिका ३ बस्ने १९ वर्षिय दिपेन लिम्बु छन्  । को ३६ प १३२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा डाईलेक्स १७ बोतल, स्पामो तीन सय ६० वटा र नाईट्रोजन ६० वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले उनको साथबाट एक थान मोवाईल सेट र नगद १० हजार ६ सय ६० रुपैयाँ समेत बरामद गरेको छ ।

Post a Comment

0 Comments