Subscribe Us

आइए पास अपराधी बस्नेत

काठमाडौं  । सिंगो सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्ने कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेत अहिले केन्द्रीय कारागारमा छन्  ।
मुद्दा पुपक्र्षको लागि थुनामा रहेका गुण्डा बस्नेतले जेलबाटै गुण्डागर्दी चलाउन थालेको प्रमाण प्रहरीले फेला पारेपछि उनलाई  गोलघरमा राखिएको छ  । तर पनि बस्नेतले बिभिन्न तरिकाबाट फिल्मी शैलीमा आपराधिक धन्दा चलाउँदै आएको रहस्य खुल्दै आएको छ  ।

यसको पछिल्लो प्रमाण बस्नेतकै नाममा फिरौती उठाउने गृहमन्त्री रामबहादुर थापाका साइला भाई नरेशकुमार थापालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान गर्नु हो ।

यसबाहेक काठमाडौं र आसपासका क्षेत्रमा हुने फिरौती र गुन्डागर्दी, आपराधिक गतिविधिमा बस्नेतको संलग्नता प्रत्यक्ष र परोक्ष रूपमा खुल्न थालेको छ । प्रहरी स्रोतले भन्यो,‘अन्य अपारधिक गतिविधिका विषयमा पनि खोजीनीति जारी छ ।’

प्रहरीले बस्नेतलाई केन्द्रीय कारागारबाट मनाङमा सार्ने तयारी गरेको थियो । उनका आफन्तले इन्काउन्टर हुन सक्ने भन्दै मिडियाबाजी मात्र गरेनन्, सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पनि हालेका थिए ।

बस्नेतको अपराध कर्ममा उनकी पत्नी माया शेरचनको पनि संलग्नता फेला पारी अनुसन्धान गरेको थियो । मायाले पनि बस्नेतको योजनालाई साकार बनाउनका निम्ति हतियार दिएको कबुल गरेकी थिइन् ।

को हुन् बस्नेत ?
काठमाडौं गोलढुंगाका स्थानीय बासिन्दा बस्नेत बाफलमा हुर्किए । प्रमाणपत्रसम्मको अध्यन गरेका बस्नेतलाई लगाउन र खान भने दुःख थिएन । मध्यम वर्गीय बस्नेत परिवारकोे गोलढुंगामा आज पनि पुख्र्यौली सम्पत्ती राम्रै भएको उनी निकट बताउँछन्  । तर बस्नेत प्रमाणपत्र तहको अध्यन गर्दै गर्दा ०५८ साल देखि गुण्डागर्दीमा हिड्न थालेको उनका समकक्षी बताउँछन्   ।

२०६० सालमा पहिलो पटक बस्नेतलाई तत्कालिन लैनचौर प्रभागका ईन्सपेक्टर तथा हाल काठमाडौं परिसरमा कार्यरत एसपी अशोक सिंहले ठमेलको ज्याठाबाठ खुकुरी सहित पक्राउ गरेका थिए । बस्नेतसँगै एसपी सिंहले त्यसबेलाका चल्तीका गुण्डा काजी शेर्पासहित अन्य चार जनालाई मारुती कारबाट आधा दर्जन खुकुरीसहित पक्राउ गरेका थिए  । त्यसबेला केही सार्वजनिक अपराधमा मुद्दा चलाएर उनिहरू छुटेका थिए  ।

ठमेलबाट दिपक मनाङ्गेको समूहले लखेटेपछि काजी शेर्पाले समिरमान बस्नेत जस्ता केटाको दुरुपयोग गरेर गुण्डागर्दीलाई बढवा दिए । काजी शेर्पाकै लहलहैमा कलेज पढ्दै गरेका बस्नेतको आपराधिक यात्र सुरु भएको थियो  । जुन यात्राको अन्त्य अहिलेसम्म भएको छैन ।

शेर्पासँगको सहयात्रमा बस्नेतको भेट त्यस ताकाका कहलिएका गुण्डा नाईके कुमार श्रेष्ठ उर्फ घैटे (प्रहरी ईन्काउन्टमामा मारिएका)सँग हुन भयो । घैंटेसँग बस्नेतले गुण्डागर्दीमा मात्र सहकार्य गरेनन् मितेरी साइनो कायम गरे । यी दुई मीतले २०६२ देखि २०६४ सम्म राजधानीमा गुन्डागर्दीको सीमा नघाए ।

ठेक्कापट्टमा गुण्डागर्दी यहि समूहको पालामा बढेको प्रहरीहरू सम्झन्छन्  । आफूनिकट ठेकदार तथा जसले कमिशन बढी दिन्छ उसलाई ठेक्का मिलाउन यो घैंटे र बस्नेत लागि पर्न थाले  । ठेक्कापट्टमा रस पसेपछि उनले गजुरमुखी निमार्ण सेवा नामक कम्पनीमा सेयर होल्डर हुँदै गजुरमुखीको मालिक घैंटे बन्न पुगे  । उनलाई पूर्णरुपमा बस्नेतले सहयोग थियो ।

काठमाडौंलगायत देशका ठूला–ठूला निमार्णका ठेक्का मिलाउन तत्कालिन निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनले घैंटेको समूहलाई प्रयोग गर्दै आएको थियो  । ठेक्का मिलाउँदै घैंटेको समूहले करोडौं कमिशन कुम्लाउँदै आएको थियो  ।

त्यहिताका घैंटेको प्रहरी ईन्काउन्टरमा मारिए पश्चात बस्नेत फरार भएका थिए  । घैंटे मारिनु अगाडि बस्नेतको खासै चर्चा भने हुने थिएनन्  । घैंटेको ईन्काउन्टर पश्चात बस्नेतको योजनामा घैंटे ईन्काउन्टरमा खटिएका प्रहरी अधिकृतलाई निशाना बनाएको सूचना चुहावट भएपछि बस्नेतका केही गिरोह पक्राउ परेका थिए  ।

तत्कालिन समयमा अपराध महाशाखाका एसएसपी हालका आईजी सर्वेन्द्र खनाल नेतृन्वको टोलीले न्यूरोडको एक गल्लीमा लुगेका साजन गुरुङ र अर्का डन साजन महर्जनलाई पक्राउ गरेपछि प्रहरीमाथिको नियोजित आक्रमण टरेको थियो  ।

गुरुङ र महर्जन पक्राउ पश्चात प्रहरीमाथि आक्रमणको षड्यन्त्र बस्नेतले बुनेको रहस्य खुलेपछि बस्नेत फरार भएर भारतको गोवा पुगेका थिए  । जहाँ उनको भेट अर्का कुख्यात गुण्डा नाईके मनोज पुनसँग भयो । पुनसँगको भेटपछि नेपालमा आपराधिक कर्ममा सत्ता चलाउने षडयन्त्र बस्नेतले बुन्न थाले ।

पुन बुटवलमा आधादर्जन अपराध गरी फरार भएका अर्का गुण्डा थिए  । रुपन्देहीका युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरेर फरार पुन त्यहाँ लुकेका थिए । यी दुईको मिलन पश्ताच राजधानीमा शरद गौचन माथि गोली प्रहार भएको थियो  ।

हुलाकी राजमार्गको टेण्डरको कमिशनमा विवाद भएपछि गौचनको हत्या भएको थियो  । गौचनको हत्या पश्चात भारतमा लुकेर बसेका समिरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले दुई बर्ष अगाडि पक्राउ गरी ल्याएको थियो  ।

बस्नेतको पक्राउसँगै अन्य फरार उनका सुटरहरू अम्बरबहादुर राना, रोशन बुढाथोकी र लोप्साङ भनिने सोम तामाङ लगायत आधा दर्जन पक्राउ परिसकेका छन्  । हाल सबै जना मुद्दा पुर्पक्षको लागि थुनामा छन्  ।
प्रहरीका अनुसार हत्या र असुलीका मास्टर माइन्ड बस्नेतले साजन र कारजोन र युबराज गुरुङ उर्फ सानो भाईको छुट्टै समूह बनाएका थिए भने राना, तामाङ र बुढाथोकीलाई अर्को समूहमा राखेर अपराधको साम्राज्य खडा गरेका थिए  ।

त्यस्तै, रमेश बाहुन समूहमा रहेका बोका भन्ने गंगा लिङ्देन र अजय थापालाई पनि बस्नेतले छुट्टै प्रयोग गर्दै आइरहेका छन्  । प्रहरीलाई समेत आक्रमण गर्ने योजना बनाउने बस्नेतको गिरोहले मनोज पुनको नाम भजाएर आफूलाई सुरक्षित राख्न खोजेको पनि थियो  । तर, अनुसन्धानका क्रममा मनोज पुन र बस्नेत मिलेर हत्या योजना र फिरौती असुलीमा सँगै संलग्न रहेको खुलिसकेको छ  ।

गौचनको हत्या लगत्तै बस्नेत समूहले काठमाडौं, बुटवल, पोखरा र चितवनका दर्जनौं व्यवसायीहरूलाई इन्टरनेट कल मार्फत फोन गर्दै पैसा मागेछि देशभरका व्यवसायीहरू आतंकित बनेका थिए ।

Post a Comment

0 Comments