Subscribe Us

भारतीय गाडीमा ठूलो मात्रामा लागूऔषध कारोबार


काठमाडौँ, २ असोज । भारतीय नम्बरप्लेटको सवारी साधनमा लागूऔषध कारोबार गरेको पाइएको छ ।

नेपाल प्रहरी, लागूऔषध नियन्त्रण ब्यूरोले भारतीय नम्बरप्लेट बिआर ३० पी ८६०७ नम्बरको सेतो रङको स्कार्पियो गाडीमा चार हजार ३२६ एम्पुल लागूऔषधसहित सातजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारका राजा कुणाल, राजेशकुमार जयसवाल, अभिषेककुमार जयसवाल, उतिमलाल साह, उदयपुरका सुजेन्द्र लोहनी, काभ्रेपलाञ्चोकका पेमा लामा र सिरहाका अशोक सिंह रहेका छन् ।

ब्यूरोले आज पत्रकार सम्मेलन गरी स्कार्पियो गाडीको भित्रपट्टी लुकाएर ल्याएको अवस्थामा बुधबार पक्राउ गरेको जानकारी दिएको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्लाष्टिकको बास्केटभित्र चामल र पिठोको भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग प्रहरीले डाइजेपाम एक हजार ४५७, नुर्फिन एक हजार ३७ र फेनार्गन एक हजार ४१७ एम्पुल बरामद गरेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Post a Comment

0 Comments