Subscribe Us

चन्द्रागिरीमा दुर्घटना : एकको मृत्यु, एक घाइते


काठमाडौँ, २८ भदौ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ  ।

चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नम्बरको ट्रकले बा ८९ प ४३२९ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरी नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले दुर्घटनामा गम्भीर घाइते कार्कीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय बसन्त कार्की गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कार्कीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा सङ्लग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Post a Comment

0 Comments