Subscribe Us

न्यूयोर्कमा वातावरणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने


न्यूयोर्क, ३ असोज । न्युयोर्कमा तेस्रो एनवाईसी ग्रिन स्कुल अन्तरराष्ट्रिय सम्मेलन यहीँ आँउदो सेप्टेम्बर २६ मा हुने भएको छ ।

सम्मेलनले जलवायु पक्षधर नेताहरु, अनुसन्धानकर्ता तथा अभियानकर्ताहरुको विचार, अनुभवलाई आत्मसात् गर्दै दिगो समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरेको छ ।

सम्मेलनमा जलवायु पक्षधर नेताहरुको अनुभव, विचार तथा कथ्यहरु आदान प्रदान गरीने भएको छ । यो तेस्रो वातावरणीय अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन हो ।

सम्मेलनले पारित गरेको प्रस्तावहरु सम्वन्धित क्षेत्रका लागि फलदायी हुने विश्वास लिइएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले पनि सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्ता सम्मेलनमार्फत् शान्ति, प्रजातन्त्र र विकासका लागि बौद्धिक व्यक्तिहरुको जमघट तथा उनीहरुबीचको अन्तक्र्रियाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Post a Comment

0 Comments