Subscribe Us

‘डेन्जर जोन’मा वृत्तका डिएसपी

काठमाडौं । माहानगरीय प्रहरी परिसर अन्र्तगतका केही वृत्तका
डिएसपीहरुको दैनिक कार्य सम्पादनमा कमजोरी देखिएपछि आईजी सचिवालयले ति डिएसपीलाई ‘डेन्जर जोन’मा राखेको छ । वृत्तका डिएसपीले गर्ने दैनिक कार्यमै कमजोरी देखिएपछि सचिवालयले काठमाडौंका केही वृत्तका प्रमुखलाई परिर्वतन गर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार गौशाला, स्वयम्भू, किर्तीपूर, बानेश्वर र जनसेवा वृत्तका डिएसपीको दैनिक कार्य सम्पादनमा आईजी सचिवालयले कमजोरी देखाउँदै बिकल्प खोजेको हो । गौशाला वृत्तमा दुई महिना अगाडीमात्र डिएसपी प्रदिपकुमार सिंहले कमाण्ड सम्हालेका छन् । उनले कमाण्ड समाले लगत्तै उनका दुई प्रहरी अधिकृत अख्तियारको फन्दामा परेका थिए । जसको कारण डिएसपीको कमाण्ड कमजोर भएको भन्दै आईजी सचिवालयमा कुरो उडेको थियो ।

उता किर्तीपुरमा ददिलाल कामती, जनसेवामा बिनोद खतिवडा र बानेश्र वृत्तमा दुर्गा रेग्मीले कमाण्ड गर्दै आएका छन् । यि वृत्तका कमाण्डरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निगरानी बढाएको सुइको आईजी सचिवालय पुगेपछि सचिवालयले महानगरीय आयुक्त कार्यलय रानी पोखरीमार्फत सचेत समेत गराईसकेको छ ।

वृत्तका डिएसपीले सोचे जस्तो काम गर्न नसकेपछि आईजी सचिवालयले दमदार डिएसपीको खोजी सुरु गरेको छ । गत साता एक बर्ष नपुगेका बौद्ध वृत्तका डिएसपी नरेन्द्र चन्दलाई परिवर्तन गरेर बाँकेको कोहलपुरमा तहल्का पिटेका डिएसपी रमेशबहादुर सिंहलाई कमाण्ड गर्न आईजी सर्वेन्द्र खनालले पठाएका छन् ।

कोहलपुरमा उत्कृष्ट काम गरेको कारण पुरस्कार स्वरुप ईन्चार्ज टु ईन्चार्ज दिएको चर्चा सचिवालयमा चलेको छ । पछिल्लो समय प्रहरीका वृत्त प्रमुखले अपराध न्यूनिकरणमा खासै चासो नदिई सामान्य रुपमा दैनिकी कार्य सञ्चालन गरेरै जागिर पकाउन थालेपछि आईजी खनाल रुष्ट बनेका छन् ।

लुकेका अपराधलाई खोतलेर निर्मुल पार्न आइजी खनालले बारम्बार आदेश दिए पनि वृत्तका प्रमुखले खासै चासो देखाएका छैनन । पछिल्लो समय काठमाडौंका बिभिन्न ठाँउमा चोरी, लुटपाट, डकैती, टोले गुण्डाको ग्याङ फाईट जस्ता अपराध बढ्दै गएका छन् । उता झत्तपुरको सानोठिमीका डिएसपी शान्तीराज कोईरालालाई विवादमा ल्याउन पनि केही प्रहरी अधिकृत लागि परेको रहस्य खुलासा भएको छ ।

Post a Comment

0 Comments