Subscribe Us

मानव बेचविखन तथा ओसारपसारविरुद्धको नेपाल प्रहरीको अभियान सम्पन्न


काठमाडाैं । नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसारविरुद्ध मुलुकभर सञ्चालन गरेको साताव्यापी अभियान आइतबार सम्पन्न भएको छ । मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसका अवसरमा यही भदौ १४ देखि २० गतेसम्म देशभर एक हजार १०५ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

अभियानका क्रममा एक लाख पाँच हजार ७३५ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत १२४, प्रदेश नं १ अन्तर्गत १२७, प्रदेश नं २ मा ८६, प्रदेश नं ३ मा १३६, गण्डकी प्रदेश २९५, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेशमा १८८ र सुदूरपश्चिम प्रदेशमा ८५ जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ ।

सरकारको प्रतिबद्धता, मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धताभन्ने नाराका साथ मनाइएको दिवसका अवसरमा प्रहरीले सञ्चालन गरेको साताव्यापी सचेतनामूलक अभियानमा विविध सांस्कृतिक कार्यक्रम, श्रव्यदृश्य प्रसारण, अन्तरक्रिया, पर्चा पम्प्लेट वितरण, घरदैलो तथा ¥याली, प्रशिक्षण, खेलकूदलगायतका कार्यक्रम आयोजना गरिएका थिए ।


Post a Comment

0 Comments