Subscribe Us

काँग्रेसले माइतीघरमा ग¥यो प्रदर्शन


काठमाडौँ, २८ भदौ । नेपाली काङ्ग्रेसले जागरण अभियानका क्रममा बाँकेका जिल्ला सभापतिलगायत कार्यकर्तामाथि भएको आक्रमणको दोषीलाई कारबाही गर्न माग गरेको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरले आज बाँकेका सभापतिसहितका कार्यकर्तालाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो ।
काङ्ग्रेसले घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै आज माइतीघरमा धर्ना तथा प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाले मुलुकको नागरिकको सुरक्षा गर्ने जिम्मा सरकारको भएपनि सरकार आफैँ घटना घटाउन उद्दत रहेको बताउनुभयो  ।

काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसको कार्यक्रममाथि सत्तारुढ दलले नै दमनको नीति लिएको भन्दै विरोध स्वरुप आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो ।
काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले काङ्ग्रेस माथि भएको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएकाले दोषीलाई कारबाही नगरे काङ्ग्रेसले देशभर आन्दोलन गर्ने बताउनुभयो ।

यसैबीच काङ्ग्रेस तीनै जिल्लाका सभापतिले आज बिहान गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनामा सङ्लग्नलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

Post a Comment

0 Comments