Subscribe Us

गिरिजाप्रसाद कोइराला फाउण्डेशनको आमन्त्रित केन्द्रीय सदस्यमा जोशी


काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशनको आमन्त्रित केन्द्रीय सदस्यमा अम्बिर जोशी नियुक्त हुनुभएको छ ।

फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले नेपाली जनसम्पर्क समिति मकाउकाका संस्थापक सभापति समेत रहनुभएका जोशीलाई आज केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।

तनहुँ स्थायी घर भई हाल काठमाडौँ चन्द्रागिरीमा बस्दै आउनुभएका जोशी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी समेत हुनुभएको थियो । उहाँ हाल गैरआवासीय नेपाली संघ एनआरएनएलगायत विभिन्न संघ संस्थामा समेत क्रियाशिल हुनुहुन्छ ।

Post a Comment

0 Comments