Subscribe Us

लथालिङ्ग संगठनको भताभुङ्ग कर्तुत

काठमाडौं । नेपाली कांग्रेस यतिवेला कार्यकर्तामा उत्साह र जागरण ल्याउन कार्यकर्ता परिचालन गर्दैै देशव्यापी राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रममा रहेको बेला भ्रातृ संस्था भने घर झगडामा व्यस्त छन् ।

विधान बमोजिम गठन गर्नुपर्ने २८ वटा विभाग खाली राख्दै नेपाल विद्यार्थी संघको संरचना बिना नै जागरण अभियानमा लागेको छ । जागरण अभियानको दोश्रो चरण गत भदौ २४ गते वीपीको १०६ औ जन्मजयन्तिको अवसरमा शुरु भए पनि कार्यक्रममा पार्टीका पदाधिकारीबाहेक सर्वसाधरण युवा, विद्यार्थी र शुभेच्छुकहरूको उपस्थिति न्युन हुन थालेको छ ।

सुनाउने कम, सुन्ने बढी भन्ने नारा लिएर कांग्रेसले तीन सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाइ सकेको छ । तर, २८ वटा विभाग नहुँदा र सबै जसो भातृ संस्था लथालिङ्ग हुँदा जागरण अभियानको औचित्वमाथि सार्वजनिक टिका टिपपणी हुन थालेको छ ।

नेपाल विद्यार्थी संघ भंग भएको आठ महिनामा पनि तदर्थ समिति गठन गर्न नसक्दा र अन्य भातृ संस्थाको महाधिवेशन गर्न र गराउन नसक्दा कार्यकर्ताबाट केन्द्रीय प्रतिनिधिहरूले गुनासो मात्र सुन्न थालेका छन् । उनीहरूले पहिलो चरणमा आयोजना गरिएको जागरण अभियानको सझावलाई कार्यान्वयन नगरी दोस्रो चरणको अभियान शुरु गरेको, विगतमा गरेका गल्तीको क्षमा नमागेको भन्दै आलोचना गर्न थालेका छन् ।

कार्यकर्ता, सर्वसाधरण र शुभेच्छुकको आकर्षण घट्दै गएको उदाहरण भदौ २६ गते वाँकेको खजुरास्थिति सितापुरमा बाँके सभापति किरण कोइरालामाथि नेकपाका एक दर्जन उदण्ड कार्यकर्ताले गरेको आक्रमण र घटनामा दर्जनबढी घाइते भएको बाट स्पस्ट हुन्छ । आक्रमण गर्न आएका नेकपाका कार्यकर्ताको प्रतिकार गर्न समेत नसक्ने अवस्थामा आएपछि यसको नकरात्मक असर देशव्यापी परेको छ ।

चापागाइँ नेता कृष्णप्रसाद सिटौला पक्षधर हुन् भने गुरुङ संस्थापन पक्षका हुन् । कांग्रेसका १३ भातृ संस्थामध्ये, मगर संघ, मुस्लिम संघ र महिला संघ मात्र बैधानिक हुन् बाँकी सबै भ्रातृ संस्थाले विधानअनुसार महाधिवेशन नै गरेका छैनन् । ३८ शुभेच्छुक संगठनमध्ये नेपाल प्रेस युनियनको महाधिवेशन गरेको छैन । 


जागरण अभियाना चलिरहँदा यता तीन बर्षदेखि चार जना केन्द्रीय पदाधिकारीमा सिमिति रहेको नेपाल तरुण दलको आकार घटेर २ सदस्यीय भएको छ । तरुण दल महासचिव भुपेन्द्रजंग शाहीलाई अध्यक्ष जितजंग बस्नेतले साधारण सदस्यसमेत नरहनेगरी हटाएका थिए । २८ गते बेलुकी शाहीलाई कारबाही गरेको पत्र सार्वजनिक भएको १० मिनेटमै महासचिव शाहीले पनि अध्यक्ष बस्नेतले एक बर्षको लागि कारबाही गरेका थिए ।

महासचिव शाहीले अध्यक्ष बस्नेतलाई वाढी पीडितको लागि उठाएको ठूलो रकम भ्रष्टाचार र हिनामिना गरेको, भ्रष्टाचारविरोधी अभियान शुरु गर्दा अवरोध र विरोध गरेको, संगठनलाई एकलौटी ढंगले अघि बढाउन खोजेको आरोप लगाउँदै संगठनबाट निस्कासित गरेका थिए ।

अध्यक्ष बस्नेतले भने पार्टी र संगठनको हितविपरित गतिविधि गरेको भन्दै कारबाही गरेका थिए । यसअघि शाहीले भदौ २४ गते सिन्धुपाल्चोक उपसभापतिमा सगुन श्रेष्ठलाई  ल्याएका थिए । केही महिनाअघि कारबाहीमा परेका श्रेष्ठलाई शाहीले कारबाही फुकुवा गर्ने र सप्तरीमा सिताप्रसाद यादवलाई नियुक्त गरेका थिए । दुवै निर्णय गर्दा महामन्त्री शाहीले अध्यक्ष बस्नेतसँग कुनै सल्लाह गरेका थिएनन् ।

तरुण दल महासचिव भुपेन्द्रजंग शाहीलाई अध्यक्ष जितजंग बस्नेतले साधारण सदस्यसमेत नरहनेगरी हटाएका थिए । २८ गते बेलुकी शाहीलाई कारबाही गरेको पत्र सार्वजनिक भएको १० मिनेटमै महासचिव शाहीले पनि अध्यक्ष बस्नेतले एक बर्षको लागि कारबाही गरेका थिए । 


तरुण दल अध्यक्ष बस्नेत सभापति देउवापत्नी डा.आरजु राणा देउवा निकट हुन भने शाही वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन् । तीन बर्षअघि मंसिरमा पोखरामा भएको महाधिवेशनमा निर्वाचन प्रक्रिया नअपनाई सर्बसम्मत भन्दै चार सदस्यीय पदाधिकारी गठन गरेका थिए । अध्यक्ष र महासचिव जंगद्वयको कारबाहीपछि तरुण दल अब दुई सदस्यमा सिमिति भएको छ । उपाध्यक्षमा उत्तम चापागाईं कोषाध्यक्षमा विद्वान गुरुङ छन् ।

चापागाइँ नेता कृष्णप्रसाद सिटौला पक्षधर हुन् भने गुरुङ संस्थापन पक्षका हुन् । कांग्रेसका १३ भातृ संस्थामध्ये, मगर संघ, मुस्लिम संघ र महिला संघ मात्र बैधानिक हुन् बाँकी सबै भ्रातृ संस्थाले विधानअनुसार महाधिवेशन नै गरेका छैनन् । ३८ शुभेच्छुक संगठनमध्ये नेपाल प्रेस युनियनको महाधिवेशन गरेको छैन ।

पार्टीले जागरण अभियान संचालन गरिरहेको बेला नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष क्षीतिज भण्डारी, पूर्वकेन्द्रीय सदस्य मोती भण्डारी, लिला भट्टराई काका आदि जागरण अभियानको औचित्य नगरहेको भन्दै नेतृत्वप्रति खनिएका छन् । जागरण अभियानमा केन्द्रीय प्रतिनिधि भएर गएकाहरू समेत कार्यकर्ताको गुनासो, विरोध र आक्रोस खप्न नसकी शहर केन्द्रीत कार्यक्रम गर्न थालेका छन् । 

Post a Comment

0 Comments