Subscribe Us

डन पति गोलघरमा, पत्नी जेम्सको चक्करमा !

काठमाडौं । नेपाल प्रहरीलाई टाउको दुखाईको पात्र बनेका छन् गुण्डा नाईके समिरमानसिंह बस्नेत । केन्द्रीय कारागारको गोलघरमा थन्किएका बस्नेतले फिल्मी शैलीमा गुण्डागर्दी फैलाउँदै लगेपछि प्रहरीलाई समस्या परेको छ । 

गुण्डागर्दीको इतिहास केलाउने हो भने बस्नेतको जस्तो आपराधिक पृष्ठभूमीको गुण्डागर्दी नै छैन । कारागारमा बसेका बस्नेतले आफू गोलघरमा बसे पनि आपराधिक सञ्जाल चलाइरहेको पुष्टि हुँदै आएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा गत महिना पक्राउ गरेका पबन खड्काले दिएको बयानबाट पनि यो कुराको पुष्टि हुन आउँछ । कारागारमा बिभिन्न मुद्दामा सजाय भोगी छुट्न तयार भएका अन्य आपराधिक व्यक्तिलाई पछिल्लो समय बस्नेतले प्रयोग गर्दै आएको तथ्य प्रहरीले फेला पारेको छ । उनले आफ्नो परिवार बचाउन पत्नीसँग डिभोर्सको नाटक गरेका छन् । आफ्नो अपराधमा पत्नी माया शेरचन समेत जोडिएपछि उनले यो नाटक गरेका हुन् । 

लागूआषैध मुद्दामा कैद भुक्तान गरी पाँच महिना अगाडीमात्र थुना मुक्त भएका जेम्श गुरुङ अहिले उनका मुख्य सहयोगी रहेको स्रोत बताउँछ । ललितपुरको नख्खु कारागारमा उनको भेट बस्नेतसँग भएको थियो । गुरुङले अहिले बस्नेतको लागि काम गर्दै आएका छन् । उनै गुरुङले केही समय अगाडि कानुनी रुपमा डिर्भोस भएकी मायाको फोटो फेसबुकमा अपलोड गर्दै ‘माई लाईफ’ अर्थात् मेरो जिन्दगी भैन्ने क्याप्सन लेखेका थिए । 

उनले उक्त फोटो अपलोड भएको केही समय मै हटाएका थिए । उनले त्यो फोटा सामाजिक सञ्जाल फेसबुकमा माँया शेरचनले समिरलाई छाडिसकेको भनेर पुष्टि गर्न हालेको प्रहरीको बुझाई  छ । समिरसँग डिर्भोस गरेर अर्कोसँग बिहे गरिसकेको भन्ने भ्रम र्छन उक्त फोटो अपलोड भएको बुझाई प्रहरीको छ । 

गुरुङ उनै व्यक्ति हुन् जो नख्खु कारागारमा रहँदा बस्नेतलाई खाना पकाएर खुवाउनेदेखि लुगाफाटो समेत धुलाईदिने काम गर्दै आएका थिए । प्रहरीले मायामाथि पनि निगरानी बढाएपछि बस्नेतकै योजनामा फोटो अपलोडको नाटक मञ्चन गरिएको ठम्याई प्रहरीको छ । 

बस्नेतको हरेक अपराध कर्ममा मायाको हात रहेको प्रहरीले अनुसन्धानका क्रममा खुलाएको थियो । पक्राउ गरिएका, अपराधमा परिचालन गरिएकाहरूको बयानले यस्तो खुलासा भएको थियो । सिंगो सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिन दाहडै हत्या गरेर कुख्यात बनेका समिरमानको दैनिकिमाथि प्रहरीले झन् गोप्य रुपमा निगरानी बढाएको छ । 

अहिले जेम्ससँगै चक्कर चलेको भनिएकी मायालाई यहि प्रकरणमा पनि हतियार दिएको र लुकाएको भन्ने बयानका क्रममा खुलेकै थियो । स्रोतका अनुसार बस्नेतले कारागार तोडेर भाग्ने र केही प्रहरीसँग बदलता लिने गोप्य योजनाको सुँईको प्रहरीले पाएपछि प्रहरीले सर्तकता बढाएको हो ।



Post a Comment

0 Comments