Subscribe Us

मेलम्ची प्रदर्शनकारीमाथि प्रहरीको रबर गोली


सिन्धुपाल्चोक  इटालीयन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलमा उत्रिएका व्यवसायी र मजदुरमाथि सशस्त्र प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ। प्रहरीको गोलीबाट स्थानीय २ प्रदर्शनकारी घाइते भएका छन् ।

आयोजनाको ड्याममा निर्माणको काम गरिरहेको श्रेष्ठ कस्ट्रक्सनले सीएमसीले भाडामा लिएको निर्माण उपकरण प्रयोग गरेको शंका गरी प्रदर्शनकारी मुहान क्षेत्र जानलाग्दा सुरक्षाकर्मीले रोकेका थिए। आफूहरुले भाडामा दिएको सामान अर्को कम्पनीले प्रयोग गर्न नपाउने नियम उल्लंघन भएको भन्दै हेर्न जान पाउनुपर्ने प्रदर्शनकारीको माग थियो।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि मुहान सुरक्षार्थ मद्दतमा आएको सशस्त्र प्रहरीले आठ राउण्ड अश्रुग्यास फायर गरेको प्रहरीले जानकारी दिएको थियो ।

प्रहरीको गोलीबाट प्रदर्शन गर्दै गरेका बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् । उनीहरूको टिचिङ अस्पतालमा उपचार भइरहेको संघर्ष समितिका विष्णुमणि आचार्यले बताए ।
इटालीयन कम्पनीले कर्मचारी, व्यवसायी र पेटी ठेक्का पाउने कम्पनीलाई गरी एक अरब ६७ करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले जनाएको छ।


Post a Comment

0 Comments