Subscribe Us

प्रहरी अस्पतालमा रक्तदान, ३३४ जनाले गरे रक्तदान


काठमाडौँ, २ असोज । नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ६४ औँ प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

अस्पतालले  बिहिबार अस्पताल परिसरमा सञ्चालन गरेको रक्तदानमा   ३३४ व्यक्तिले रक्तदान गरेको अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिनुभयो । जसमा ३१० पुरुष र २४ महिला रहेका छन् ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले प्रहरी कर्मचारी र सर्वसाधारण नागरिकको उपचारमा सक्रिय अस्पतालले हरेक वर्ष रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

रक्तदानमा नेपाल प्रहरी अस्पतालका कर्मचारी, उपत्यकाका विभिन्न प्रहरी युनिटका प्रहरी कर्मचारी र अन्य व्यक्तिले भाग लिएका थिए । नेपाल प्रहरी अस्पतालले संविधान दिवस, प्रहरी दिवस, अस्पतालको स्थापना दिवसका अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Post a Comment

0 Comments