Subscribe Us

दुई घण्टा ढिला आए चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार सा“झ काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनिया“ राजदूत हउ यान्छीलगायतले स्वागत गरेका थिए ।

तीन दिनसम्म नेपालमा रहने मन्त्री यी काठमाडौं आएका हुन् । त्यस अवधिमा उनले आफ्ना समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अलावा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुस“ग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको निम्तोमा नेपाल आएका यी मौसम गडबडीका कारण दुई घण्टा ढिलो नेपाल अवतरण गरेका थिए । उनी पाकिस्तान हु“दै नेपाल आएका हुन् । उनको साढे ४ बजे नेपाल आउने कार्यतालिका थियो । तर, उनी सवा ६ बजेमात्र नेपाल अवतरण गरेका थिए । विमानस्थलका सुरक्षा स्रोतका अनुसार मौसम खराबीका कारण केही समय आकाशमै होल्ड गरेर मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मन्त्री यीका साथमा १२ सदस्यीय चिनिया“ प्रतिनिधि मण्डल आएका छन् । उनको उच्चस्तरीय भेटघाट आजदेखि सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्दैछन् । त्यसपछि  उनको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् ।

चिनिया“ विदेशमन्त्री यी नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । बैठकमा आर्थिक र विकास साझेदारीमा केन्द्रित हुनाका साथै त्यसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुने बताएइको छ ।

पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने वार्तामा दुई देशबीच भएका सन्धिसम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको पुनरावलोकन तथा तिनको द्ुत कार्यान्वयनमा जोड दिइने बताइएको छ । साथै, अर्थ मन्त्रालय स्रोतका अनुसार वार्तापछि शिक्षा तथा स्वाथ्य क्षेत्रमा सहयोग गर्नेसम्बन्धी विनिमयपत्र ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर हुनेछ । विदेशमन्त्री यीको यो भ्रमणले चिनिया“ राष्ट्रपति सि जिङपिङको आगामी नेपाल भ्रमणको समेत तय गर्ने अपेक्षा गरिएको छ ।

Post a Comment

0 Comments