Subscribe Us

रु छ लाख ठगी गर्ने पक्राउ


काठमाडौँ, २ असोज । नेपाल प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले लाजिम्पाटमा रहेको शिखर इन्टरनेशनल म्यानपावरबाट रु ६ लाख ठगी गर्ने काठमाडौँकी ३७ वर्षीय पद्या जोशीलाई आज लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पक्राउ जोशीले वैदेशिक रोजगारीको नाममा विभिन्न मुलुक पठाउने भनी कास्कीका मनोहर बुढाथोकीसँग रु ६ लाख ठगी फरार रहेको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

जोशीले कतार प्रहरीमा काम गरे मासिक ६ हजार रियाल हुन्छ, जानलाई रु ६ लाख १५ हजार लाग्छ भनी काठमाडौँ बैँक लिमिटेडको खातामा रु ६ लाख जम्मा गर्न लगाएको अनुसन्धानमा खुलेको थापाले बताउनुभयो ।

पक्राउ जोशीलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments