Subscribe Us

६४ औँ प्रहरी दिवसमा साहित्यकार ढकाल सम्मानित


काठमाडौँ, २५ असोज । प्रहरी प्रधान कार्यालयले साहित्यकार विन्दु अधिकारी ढकाललाई सम्मान गरेको छ ।

६४ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साहित्यीक लोक रचनातर्फ साहित्यकार ढकाललाई पुरस्कार तथा सम्मान  प्रदान गर्नुभएको हो ।

साहित्यकार ढकालले कथा, कविता, गीत तथा समसामयिक लेख रचना नियमित लेख्दै आउनुभएको छ । ढकालका ‘विन्दूहरु’ कवितासङ्ग्रह प्रकाशित भइसकेको छ ।
‘वुवा जनम यो’ भन्ने गीतमा म्यूजिक भिडियोसमेत गर्नुभएकी ढकालले गोरखापत्र संस्थानबाट मासिक रुपमा प्रकाशित हुने मूना पत्रिकामा देशका विशिष्ट व्यक्तिको वालापन नियमित रुपमा लेख्दै आउनुभएको छ ।

साहित्यकार ढकालका विभिन्न पत्रपत्रिका र पुस्तकहरुमा लेख तथा रचनासमेत प्रकाशन हुँदै आएको छ ।

Post a Comment

0 Comments