Subscribe Us

एनआरएनको महासचिवमा उम्मेद्वारी दिने घोषणा गरेका डाक्टर पौडेल उपाध्यक्ष लड्ने


काठमाडौँ, २७ असोज । अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) निर्वाचनको महासचिवमा उम्मेद्वारी दिने मनसाय बनाएका डाक्टर केशव पौडेल उपाध्यक्ष लड्ने भएका छन् ।

एनआरएन अमेरिकाको पूर्व अध्यक्षसमेत रहनुभएका डा पौडेल यहि असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसीसी सम्मेलनमा उपाध्यक्ष लड्न लागेका हुन् ।

सहमति, सहकार्य र एकतालाई सर्वपरी ठान्दै सबैलाई मिलाएर बलियो एनआरएन निर्माणका लागि उपाध्यक्ष लड्न लागेको जानकारी दिएका हुन् ।

उनले आफ्नो अनुभवलाई आईसिसिमा लगानी गर्ने सामाजिक योगदानको चाहानालाई साकार पार्न उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको  बताए ।

डा पौडेलले एनआरएन विदेशमा बस्ने नेपालीको साझा संस्था भएकोले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीलाई आफूले सिकेको र जानेको कुराको माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेद्वारी दिएको उल्लेख गरे ।

उनले एनआरएन अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेको बेला आर्थिक तथा भौतिक सहयोग, अमेरिकाभरि विभिन्न राज्यमा सामुदायिक भवन बनाउन सहयोग गरेकाले आफु उपाध्यक्षको योग्य उम्मेद्वार भएको बताए । 

सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका डा पौडेलले एनआरएन अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

तनहुँ व्यास नगरपालिका–९ सिस्नेरीमा जन्मनुभएका डा पौडेल सन् २०१४ देखि अमेरिकाको न्यू मेक्सिकोस्थित लवलेस मेडिकल सेन्टरको मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन् ।

Post a Comment

0 Comments