Subscribe Us

तीन नेपाली चेलीलाई अन्तर्राष्ट्रिय युवा अवार्ड


काठमाडौँ, १ कात्तिक । तीन नेपाली चेलीले अन्तर्राष्ट्रिय युवा अवार्ड प्राप्त गर्नुभएको छ ।

महात्मा गान्धीको १५० औँ जन्मजयन्तीको अवसरमा असोज २६ मा  नयाँ दिल्लीमा आयोजित कार्यक्रममा नेपाली चेली रेखा परियार, अरुणा हिङ्गमाङ्ग र पवित्रा गौलीले उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।

अवार्ड पाउने चेली परियार नेविसङ्घकी पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । हिङ्गमाङ्ग सृजनात्मक महिला समूहकी अध्यक्ष र गौली नेविसङ्घकी नेत्री हुनुहुन्छ ।

अनाथ बालबालिकाहरुको लागि अनाथालय चलाउँदै आउनु भएको परियारले मानसिक रोग सम्बन्धि पनि जनचेतना मुलक कार्यक्रम गर्दै आउनुभएको छ । परियार पद्यकन्या क्याम्पसमा अध्ययन गर्नुभएको हो ।

इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डीयाले आयोजना गरेको कार्यक्रममा विभिन्न देशका युवालाई आफ्नो समाज र युवा क्षेत्रमा गरेको कार्यको मुल्याङ्कन गरि छुट्टा छुट्टै अवार्डले सम्मान गरेको थियो ।

नेपालको तर्फबाट रेखा परियारले समाजसेवा र राजनीति लागेर सामाजको लागि गर्नु भएको कार्य को मुल्यांकन गरि सम्मान गरिएको थियो । समाजसेवीको भूमिका र शान्तिको लागि युवा भन्ने विषय कार्यक्रम आयोजना गरिएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कामको मुल्याङ्कन गरि सम्मान पाउँदा गर्व भएको बताउँदै उक्त अवार्डले आफुलाई अझै समाजिक कार्यमा लाग्न आत्मविश्वास बढेको परियारले बताउनुभयो । परियारले विद्यार्थी, बालबालिका, महिला,  दलित, र विकट  क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

Post a Comment

0 Comments