Subscribe Us

तस्करको गोदाममा प्रहरीको छापा

लाहान । इलाका प्रहरी कार्यालय लहानले भन्सार छली ल्याएका विभिन्न सामाग्री तस्करको गोदामबाटै बरामद गरेको छ । इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक भेषराज रिजालको कमाण्डमा खटिएको एक टोलीले भगवानपुर गाउँपालिका वडा नं. ४ मा छापा मार्दा १४ लाख बराबरको भन्सार छली ल्याएका सामाग्रीहरु बरामद गरेको हो ।

प्रहरीले भन्सार छली ल्याएका लत्ता कपडा, मेसीनरी पार्टपूर्जा, जुत्ता, खाद्य सामाग्री, चुरा लगायतका विभिन्न सामाग्री बरामद गरेको रिजालले बताए ।

उक्त सामानहरु बराम गरी भन्सार कार्यालय ठाँडीमा बुझाएको प्रहरीले जनाएको छ । चाडबाडको बेला धेरै तस्करी हुने भएकोले लहान प्रहरीले यस क्षेत्रमा विशेष सतर्कता अपनाउँदै पहिलोपटक छापा मारेको हो ।

Post a Comment

0 Comments