Subscribe Us

चिनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने महासङ्घको माग


काठमाडौँ, २५ असोज । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहज रुपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ ।

चिनिया राष्ट्रपति सी चिनपिङको भ्रमणका क्रममा आज एक विज्ञप्ती जारी गरी नेपाल–चिन व्यापारलाई अझ मजबुद र दिगो बनाउन व्यवसायीलाई सहज रुपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने व्यवस्था गरिएको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले चिनबाट नेपालमा धेरै सामान आयात हुने भएकाले व्यवसायीलाई व्यवसायको सहजताका लागि मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । “मल्टिपल भिसाको व्यवस्था गरेसँगै व्यापार व्यवसायमा सहज हुनेछ,”–उहाँले भन्नुभयो ।

महासङ्घले चिनबाट नेपाल आउने सामान छुटाउनका लागि नाकासम्म पुग्न अस्थायी पासको व्यवस्था गर्नसमेत माग गरेको छ । अस्थायी पासको व्यवस्थासँगै सामान हराउने वा चोरी हुने क्रम रोकिने महासङ्घको ठहर छ ।

Post a Comment

0 Comments