Subscribe Us

आईजी खनालविरुद्ध अप्रत्यक्ष प्रहार

काठमाडौं । प्रहरी प्रधान कार्यालयको स्पष्ट भनाई छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटी नियमित प्रक्रिया अन्तर्गत भएका खरिदका विषयमा जानकारी दिनु नयाँ कुरा होइन ।
खासगरी प्रहरीका विषयमा अख्तियारको चासो हुनु पनि अस्वभाविक होइन । अख्तियारले भ्रष्टाचारका विषयमा कतिपय बेनामे उजुरीका आधारमा पनि छानबिन गर्छ । अहिले प्रहरी प्रमुख आईजी सर्वेन्द्र खनाललाई गलाउन सकिन्छ की भनेर अख्तियारलाई हतियार बनाएर बेनामे उजुरी हाल्नेको संख्या कम छैन । तर अख्तियारले पनि छानबिनका लागि प्रक्रिया नै समात्ने भएका कारणले खनालले आफ्ना कार्य सम्पादनका विषयमा सहजीकरण गरेकै छन् ।

सतहमा आईजी खनाललाई बदनाम गराउन कतिसम्म गरियो भने उनैले पक्राउ गर्न आदेश दिइएको सुनकाण्डका दोषी भुजुङ गुरुङसँग व्यावसायीक साझेदारी समेत भनिएको थियो । स्रोतले भन्यो,‘त्यस्तो हुनै नसक्ने विषयमा पनि प्रचारबाजी गरियो । अन्य विषयले नसकेपछि हुर्मत लिन संगठनको नेतृत्वविरुद्ध तल्लो तहको गलत सूचना प्रवाह भयो ।’

संगठन भित्र र बाहिरका कतिपय शक्ति खनालले छेकेको बाटो खुलाउनका निम्ति अनेक हत्कण्डामा उत्रिएका छन् । स्रोतका अनुसार राजनीतिक र कार्य सम्पादनको हिसाबमा साइड लाउन नसकेपछि अख्तियारमा बेनामे उजुरी हाली खनालको हुर्मत लिन खोजीएको छ । तर, खनाल कामका हिसाबले अझ सफल हुन थाले ।
‘कतिसम्मको प्रचारबाजीमा खर्च गरियो भने खनाललाई चिनियाँ राष्ट्रपतिको भ्रमण अगाडि वा पछाडी बर्खास्त गरिने भनियो’, उच्च स्रोतले भन्यो,‘त्यतिमात्र होइन मेडल दिएको विषयलाई पनि आईजीसँग जोडियो ।’

सतहमा आईजी खनाललाई बदनाम गराउन कतिसम्म गरियो भने उनैले पक्राउ गर्न आदेश दिइएको सुनकाण्डका दोषी भुजुङ गुरुङसँग व्यावसायीक साझेदारी समेत भनिएको थियो । स्रोतले भन्यो,‘त्यस्तो हुनै नसक्ने विषयमा पनि प्रचारबाजी गरियो । अन्य विषयले नसकेपछि हुर्मत लिन संगठनको नेतृत्वविरुद्ध तल्लो तहको गलत सूचना प्रवाह भयो ।’

प्रहरी हेर्डक्वार्टरमा ठेक्कापट्टाका लागि कुनै चान्स नै नमिलेपछि रुष्ट भएका काला व्यापारीले प्रायोजित रुपमा आईजी खनाललाई कुनै सम्बन्ध साइनो नभएका अभियुक्तसँग जोडेर सतहमा हल्ला चलाउन थालेका छन् । बाहलवाला सभामुख, सांसद, पहुँचमा भएका कतिपय अभियुक्तलाई कारबाही गर्नका निम्ति हिम्मत देखाएका आईजी खनालको ताकत कमजोर पार्न मानसिक रुपमा टर्चर दिन अनैतिक हल्ला चलाइएको हो ।

कतिपयले भने आईजी खनाललाई प्रधानमन्त्री ओलीका अगाडि बद्ना गराएर बर्खास्त गराउन सकिन्छ कि भनेर नेकपा कार्यकर्ताको प्रयोग गरी बालुवाटारमा खरानीको डोरी बाटीरहेका छन् । तर प्रधानमन्त्री ओलीले भने प्रहरी प्रशासनका काम सक्रियताका साथ पूरा गरी मुलुकको सुरक्षामा कुनै सम्झौता नगर्न आईजी खनाललाई वान टु वान भनिसकेका छन् ।

तर आईजी खनालले यसबीचमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै इन्टरपोलको ८८ औं महासभामा भाग लिनका लागि आईजी चिली पुगेका थिए । उक्त महासभामा नेपालका तर्फबाट नेतृत्व गरेर अनुसन्धानका विषय मात्र होइन, अपराधका विविध विषयमा उनले नेपाललाई मार्क हुनेगरी सम्बोधन गरेका थिए ।

Post a Comment

0 Comments