Subscribe Us

नेपाल प्रहरीमा ५ एसएसपी पद खाली


काठमाडौं । नेपाल प्रहरीमा प्राबधिक एक सहित पाँच प्रहरी बरिष्ठ उपरिक्षक(एसएसपी) को दरबन्दी खाली छ । एसएसपीको एक पद भने बिगत ४ महिनादेखि खाली थियो ।

एसएसपी शरद खत्रीले साउनमा अवकाश पाएसँगै उक्त पद खाली भएको थियो । त्यस्तै तीन महिना अगाडि एसएसपी बिश्वराज पोखरेल डिआईजीमा बढुवा भएपछि दुई पद रिक्त भएको थियो । गत महिना थपिएको थप दुई दरबन्दी र प्राबिधिक तर्फको एक गरी पाँच पद रिक्त भएका हुन् ।

दुई पद रिक्त भएको तीन महिना पुरा भईसक्दा पनि नेपाल प्रहरीले बढुवाको कुनै फाईल अगाडि बढाएको छैन । आगामी मंसिर महिनामा समेत एसएसपी दिलिप बस्नेत र वीरेन्द्र श्रेष्ठले अनिवार्य अवकाश पाउँने छन् । बस्नेत र श्रेष्ठ आईजीपी सर्वेन्द्र खनालका व्याची हुन् ।

सर्वोच्च अदालतले केही महिना अगाडि रिक्त पदमा तीन महिनाभित्र पदपूर्ती गर्न नेपाल सरकार र नेपाल प्रहरीलाई परमादेश दिएको थियो । तर पनि उक्त आदेशको सहि पालना भने भएको छैन । बढुवामा दरबन्दी कम र प्रत्यासी बढी भएपछि बढुवामा सकस भएको हो ।

एसएसपी बढुवामा प्रमुख दाबेदारका रुपमा अशोक सिंह, दुर्गा सिंह चन्द,  कुबेर कडायत, भरतबहादुर बोहरा, रवीन्द्र केसी, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, जनक भट्टराई, केदार ढकाल, विकासराज खनाल, हृदय थापा, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणा, चक्रबहादुर सिंह, अर्जुनचन्द ठकुरी, मुकेशकुमार सिंहलगायत एसएसपी बढुवाका प्रतिस्पर्धी हुन् ।

Post a Comment

0 Comments