Subscribe Us

अवैध जुवा खेलाउँदै क्यासिनोः र्याडमा अनलाइन क्यासिनो, माजोङमा हुण्डी

काठमाडौं । लाजिम्पाटस्थित होटल र्याडिशनमा सञ्चालित क्यासिनो र्याड र सोल्टी होटलमा सञ्चालित क्यासिनो माजोङले अबैध धन्दा गर्दै आएको रहस्य खुलेको छ । दुबै क्यासिनोले अनलाईनमार्फत अवैध रुपमा नेपालीलाई नै जुवा खेलाई हुण्डी समेत कारोबार गर्दै आएका हुन् । क्यासिनोमा नेपाली जुवाडे प्रवेशलाई प्रहरीले कडाई गरेपछि क्यासिनो र्याडले अनलाइन माध्यमबाट नेपालीलाई जुवा खेलाई रहेको प्रमाण फेला परेको हो ।

 उता क्यासिनो माजोङले भने अबैध रुपमा हुण्डीको कारोबार गर्दै आएको बुझिएको छ । क्यासिनो र्याडमा कार्यरत आईटी म्यानेजर बिन्दे महर्जनले केही नेपाली दलाललाई एजेन्ट एकाउन्ट खोली दिएर यस्तो धन्दा चलाउँदै आएको हुन । जुन नेपालको कानुनले अबैध ठहर गरेको छ । स्रोतका अनुसार मर्हजनले प्रकाश श्रेष्ठ, बैकुण्ठ खनाल, मदन दुलाललगायत एक दर्जन जुवाडेको नाममा अनलाईन एकाउन्ट खोलाएर जुवा खेलाउँदै आएका छन् । यी मध्ये प्रकाश श्रेष्ठले ठूलो मात्रामा अनलाईन जुवा खेलाउने गर्छन् ।

पछिल्लो समय अनलाईन जुवा खेलाउनेविरुद्ध महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले गोप्य रुपमा अनुसन्धान सुरु गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले अनलाईन जुवाको बारेमा केही प्रमाण हात लागेको र उक्त प्रमाणको आधारमा अनुसन्धान भईरहेको बताएका छन् ।


उता, प्रहरी प्रशासनको आँखामा छारो हाल्दै क्यासिनो माजोङले भने नेपाली जुवाडेलाई क्यासिनोमा प्रवेश गराउँदै त्यहि आडमा हुण्डीको धन्दा समेत चलाउने गरेको पाइएको हो । क्यासिनोका सञ्चालक बिनोद श्रेष्ठले यस्तो धन्दा चलाउँदै आएको स्रोतको दाबी छ । सोल्टी होटलमा रहेको क्यासिनो माजोङले विदेशमा जुवा खेल्न जाने नेपाली जुवाडेलाई होस् वा विदेशबाट नेपालमा जुवा खेल्न आउने जुवाडेलाई होस्, हुण्डीको माध्यमबाट पैसाको व्यवस्थापन गर्दै आएका छन् ।

सिक्किममा रहेको माजोङ क्यासिनोका मालिक विकास चाम्लिङको समेत सोल्टी क्यासिनोमा लगानी रहेको छ । चाम्लिङ सिक्कीमका पूर्व मूख्यमन्त्री पवन चाम्लिङका छोरा हुन् । माजोङमा पैसा जम्मा भएपछि सिक्कीममा रहेको क्यासिनो माजोङले जुवा खेल्न निस्केका जुवाडेलाई झापाको भद्रपुरसम्मको टिकट र भद्रपुर विमानस्थलबाट सिक्कीमसम्मको गाडीको व्यवस्थापन गर्दै आएको छ ।

माजोङ क्यासिनोमा नेपाली जुवाडेलाई प्रवेश गराउन अहिले श्रेष्ठले नयाँ तरिका अपनाएका छन् । क्यासिनो रहेको भवनको अण्डरग्राउडमा प्रभेज नामक डिस्को सञ्चालनमा ल्याएर सोही डिस्कोबाट हुण्डी चलाउँछन् । जुन डिस्कोको ढोका रिमोटले मात्र खुल्दछ । ढोकामा आर्ट डिजाईन गरिएको छ । प्रहरी मेन ढोकाबाट प्रवेश हुनासाथ क्यासिनो फ्लोरको बीचमा रहेको उक्त ढोका खुल्छ र नेपाली जुवाडे सजिलै डिस्कोमा पुग्छन् । प्रहरीले राम्रोसँग अनुसन्धान गरे माजोङको उक्त ढोकाको रहस्य खुल्ने स्रोतको दावी छ ।

माजोङले नेपाली जुवाडे छिराउने मात्र होइन दिल्लीबाट जुवा खेल्न नेपाल आउनेहरुलाई दिल्लीको लास्पद नगरमा कार्यालय नै खोलेरै पैसा कलेक्सन गर्ने र जुवा जित्नेलाई गैर कानुनी तरिकाबाट उतै पैसा उपलब्ध गराउँदै आएको स्रोत बताउँछ । जसको कारण क्यासिनोले कति पैसा जित्यो कति हा¥यो भन्ने रेकर्ड कतै हुँदैन । उक्त रकमको बैकिङ कारोबार हुने हो भने एकातिर देशलाई करोडौं रुपैयाँको राजश्व जम्मा हुन्थ्यो भने अर्कोतिर अवैध पैसाको कारोबारमा पनि बन्देज हुन्थ्यो । यति मात्र होईन माजोङ क्यासिनोले जुवा खेल्न विदेश जाने नेपालीलाई पैसाको समेत बन्दोबस्ती मिलाउँदै आएको छ ।

विशेषगरी सिक्किममा जुवा खेल्न जाने जुवाडेको पैसा क्यासिनो माजोङमै जम्मा हुने गरेको छ । सिक्किममा रहेको माजोङ क्यासिनोका मालिक विकास चाम्लिङको समेत सोल्टी क्यासिनोमा लगानी रहेको छ । चाम्लिङ सिक्कीमका पूर्व मूख्यमन्त्री पवन चाम्लिङका छोरा हुन् । माजोङमा पैसा जम्मा भएपछि सिक्कीममा रहेको क्यासिनो माजोङले जुवा खेल्न निस्केका जुवाडेलाई झापाको भद्रपुरसम्मको टिकट र भद्रपुर विमानस्थलबाट सिक्कीमसम्मको गाडीको व्यवस्थापन गर्दै आएको छ ।


क्यासिनोमा लुटेको सम्पत्तीले नपुगेर अहिले श्रेष्ठले डिस्कोको नाममा ट्रान्स पार्टी समेत सञ्चालन गर्दै आएका छन् । उक्त डिस्कोमा तिन महिना अगाडि पूर्वगभर्नर तिलक रावलका छोरा विनय रावलमाथि कुटपिट समेत भएको थियो । कुटपिटबाट रावल गम्भिर घाइते भएका थिए । सुरक्षाका नाममा खटिएका बाउन्सरले उनीमाथि कुटपिट गरेका थिए ।

स्रोतका अनुसार क्यासिनो रहेको भवनमा सञ्चालन हँुदै आएको प्रभेज डिस्कोमा अहिले कोकिनको कारोबार समेत हुँदै आएको बुझिएको छ । डिस्को हङकङका जोनलगायत चार जनाले सञ्चालन  गरे पनि यसका मुख्य सञ्चालक भने श्रेष्ठ नै हुन् । उनको उक्त डिस्कोबाट कोकीन जस्ता महंगो लागूआषैधको कारोबार भए पनि प्रहरी बेखबर छ । पछिल्लो समय श्रेष्ठले व्यापारको नाममा क्यासिनो र डिस्कोलाई अवैध धन्दा गराउने सुरक्षित माध्यमको रुपमा लिएका छन् ।

क्यासिनोमा नेपालीलाई जुवा खेलाउन निषेध गरिएको छ । क्यासिनो नियमावली २०७० मा नेपाललाई जुवा खेल्न निषेध गरेको छ । यद्यपी माजोङलगायत केही क्यासिनोहरुले अवैध रुपमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने गर्दै आएका छन् ।

Post a Comment

0 Comments