Subscribe Us

शेखर कोइरालालाई नेविसंघ नेता सुदामाको प्रश्न !


काठमाडौँ । यतिबेला नेपालमा भारतले नेपाली भूभाग मिचेको नक्सा सार्वजनिक भएसँगै आन्दोलन भइरहेको छ । भारतले कालापानी, लिपुलेकलाई आफ्नो नक्सामा राखेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चर्को विरोध गरिरहेको छ । प्रतिपक्षी दलको भ्रातृ संस्था नेविसंघले भने बारम्बार भारतीय दूतावास घेर्नेदेखि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ ।

नेविसंघ अस्कल क्याम्पसले केहीदिन पहिला भारतीय दूताबासको मुख्य गेट अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो । उही क्याम्पसमा अध्ययनरत नेविसंघका विद्यार्थी पुरन रोकाया (सुदामा)को नेतृत्वमा उक्त आन्दोलन भएको थियो ।

पछिल्लो समय पोखरामा काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतको नक्सा तयार भएको भाषण दिएपछि नेपालमा ठूलो तरंग पैदा भयो । तत्काल काँग्रेसका नेता शेखर कोइरालाले सभापतिको भनाईलाई खण्डन गरिदिए ।

काँग्रेसभित्र शेखर कोइरालाले सभापतिको भनाईलाई खण्डन गरेपछि हामीले अस्कल क्याम्पसका नेविसंघ नेता सुदामालाई केही प्रश्न गरेका थियौँ । उहाँले शेखर कोइरालालाई केही प्रश्न राख्नुभएको छ ।
उक्त प्रश्नको सार संक्षेप जस्ताको तस्तै ..

कोइराला ज्यू तपाईँ नेपाली काँग्रेसको केन्द्रीय सदस्य हो की भारतबाट सञ्चालित व्यक्ति हो ।

विस २०५५ असोज १ गते कान्तिपुरले प्रकाशित गरेको कालापानीका बिषयमा पार्टी सभापति शेरबहादुर देउवाले कडा रुपमा अभिव्यक्ति दिएको कुरा पढ्न आग्रह गर्दछु । नेपालको एक ईञ्च पनि भूभाग छाड्ने छैन भनि कडा अभिव्यक्ति दिने शेरबहादुर देउवालाई जथाभावी लाञ्छना लगाएर भारतलाई खुसि पार्ने कोसिस नगर्नुहोला । आज त्यहि अभिव्यक्तिलाई केपी ओलीले हुबहु चोरेर बाचन गरिरहदा तपाईँको  धारणा किन सार्बजनिक भएन ? भारतीय दुतावासको छात्रवृत्तिमा मेडिकल शिक्षा पढेर भारतको समर्थन गर्नु कत्तिको जायज कुरा हो ?

तपाईँले आज निर्वाध र स्वतन्त्र रुपले बोल्न पाउने अधिकार सुनिश्चितताका लागि संघर्षको मैदानमा आफ्नो ज्यान देश र जनाताका लागि समर्पित गर्दै पञ्चायती शासनका बिरुद्द शेरबहादुर देउवा लडिरहदा कहाँ हुनुहुन्थ्यो ?
ओठको दुध्यौलीपन जवानीमा रुपान्तरण नहुदै र जुगाको रेखी नबस्दै देखि प्रजातन्त्र स्थापनाका निम्ति शेरबहादुरहरुको पंक्ति  अनवरत संघर्षको मोर्चामा रहँदा तपाईँ कोइरालाको विरासतको ब्याज खाँदै राम्रो शिक्षा र भबिष्य सुनिश्चितताको स्वाद चाखिरहनुभएको थियो ।

तपाईँ शेरबहादुरहरु जेलको चिसो छिडिमा जनताको मुक्तिका लागि कठोर यातना भोगिरहदा र जिब्रोमा समेत करेण्टको अमानवीय यातना भोगिरहदा भारतमा आफ्नो अध्ययन र राजसी जीवन बिताईरहनुभएको थियो ।
प्रजातन्त्र पुनस्र्थापना पश्चात पनि राजा र पार्टीबाट समेत अपमान र धोका सहेर राष्ट्र हितको पक्षमा उभिईरहदा तपाईँ उपकुलपति खाँदै हुनुहुन्थ्यो ।

संविधानको  कार्यान्वयन चुनौतीमा गम्भीर सङ्कट आईरहेको बेला बरु पार्टि पराजित होस् तर देश र संविधानले कदापि पराजित भोग्नु हुदैन भनेर राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखी  २०७४ सालको तीनै तहको सफल निर्बाचन सफल गराउदा केपी ओलीले बडो व्यंग्यात्मक तवरले यो नै कांग्रेसको अन्तिम सरकार हो भनेर भनेको बेला कहाँ हुनुहुन्थ्यो तपाईँ ?

बिपी कोइराला र शेरबहादुर देउवाजस्ता राष्ट्रबादी नेपाल आमाका सुपुत्रहरु बाट केहि सिक्ने प्रयास गर्नुपर्छ । पार्टी भित्र तपाईँभन्दा  कयन संघर्षका गाथाहरु छन्, तपाईँभन्दा निष्ठावान र राजनीति बुझेको पङ्क्ति अवसर नपाए पनि पार्टिको अनुशासन प्रति पुर्ण प्रतिबद्द छन्। उनीहरुको भावनाको कदर गर्न सिक्नुपर्छ ।

मुलुकमा गणतन्त्र आईसक्यो गणतन्त्रमा पारिवारिक बिरासतले होईन, जनताले जनताको नेता चुन्ने हो। नेपालको नेता भारतको आशिर्बाद र दयाले चुनिदैन गणतन्त्रमा । आम जनताको मनोभावना आफ्नो अभिभावक (पार्टि सभापति) बिरुद्द जथाभावी बोलेर सस्तो लोकप्रियता कमाउने भन्दा शेरबहादुर र तपाईँको पुर्खाले जनाताका लागि गरेको संघर्षलाई आत्मसाथ गर्दै पार्टी उत्तरदायित्व बहन गराउन लाग्नुपर्छ ।

Post a Comment

1 Comments