Subscribe Us

त्रिलोक स्कुलका विद्यार्थी अन्तराष्ट्रिय कराते प्रतियोगितामा प्रथम


काठमाडौँ, ८ मंसीर । भारतको आन्ध्र प्रदेश अन्तरगत विशाखापत्तनम जिल्लाको स्वर्ण भारथी रंगशालामा चलिरहेको १७ औँ अन्तराष्ट्रिय कराते प्रतियोगितामा त्रिलोक विद्यालय माछापोखरीका छात्र विकास घर्तीमगर प्रथम भएका छन् ।

घर्तीले आफ्नो उमेर समूहका सबै प्रतियोगितालाई पछि पार्दै प्रथम स्थान हाँसिल गरेको विद्यालयका प्राचार्य नवराज खनालले जानकारी दिनुभयो । प्रथम भएकोमा त्रिलोक विद्यालयका कक्षा ६ का छात्र विकाश घर्ती मगर लाई विद्यालय परिबारले हार्दिक बधाई ज्ञापन गरेको छ ।

सो स्कूलले नियमित पढाइका अलावा वारम्वार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा विभिन्न उपाधि हात पार्दै आएको छ । तारकेश्वर नगरपालिकामा रहेको त्रिलोक स्कुल उपत्यकाका चर्चित विद्यालयहरु मध्ये अग्र स्थानमा छ ।

Post a Comment

0 Comments