Subscribe Us

अवैध जुवा खेलाउँदै क्यासिनो !


काठमाडौं । क्यासिनोमा नेपाली जुवाडे पवबेशलाई प्रहरीले कडाई गरेपछि क्यासिनोले इन्टरनेटको माध्यमबाट नेपालीलाई जुवा खेलाई रहेको प्रमाण जनप्रहारले फेला पारेको छ ।

पछिल्लो समय राजधानीको लाजिम्मपाटमा अवस्थित होटल ¥याडिशनमा सञ्चालित क्यासिनो ¥याडले इन्टरनेटको माध्यमबाट नेपाली जुवाडेलाई जुवा खेलाई रहेको छ । क्यासिनो ¥याडमा कार्यरत आईटी म्यानेजर बिन्दे महर्जनले केही नेपाली दलाललाई एजेन्ट एकाउन्ट खोली दिएर यस्तो धन्दा चलाउँदै आएको छन् ।

स्रोतका अनुसार मर्हजनले प्रकाश श्रेष्ठ, बैकुण्ड खनाल, मदन दुलाल लगायत एक दर्जनको नाममा अनलाईन एकाउन्ट खोलाएर जुवा खुलाउँदै आएका छन् । यी मध्ये प्रकाश श्रेष्ठले ठूलो मात्रामा अनलाईन जुवा खेलाउँने गर्छन् ।

श्रेष्ठले जुवा खेल्ने जुवाडेलाई काठमाडौंको विभिन्न ठाँउमा पैसा डिपोजिट गर्न लगाउँछन् । स्रोतका अनुसार श्रेष्ठले सोह्रखुट्टेको एक किराना पसल, टिचिङ अस्पतालको बिजी फर्मा, गौशालाको एक होटलमा पैसा कलेक्शन गर्दै आएका छन् । क्यासिनोले कुनै पनि बहानामा नेपालीलाई जुवा खेलाउन पाउँदैन ।

पछिल्लो समय अनलाईन जुवा खेलाउँनेविरुद्ध महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरले अनुसन्धान सुरु गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले अनलाईन जुवाको बारेमा केही प्रमाण हात लागेको र उक्त प्रमाणको आधारमा अनुसन्धान भईरहेको बताए ।

Post a Comment

0 Comments