Subscribe Us

इशान अस्पतालको बदमासी, झन्डै चिर्यो बालिकाको पेट


काठमाडौं । गलत उपचार गरेका कारण कतिपय सामान्य बिमारीको मृत्यु हुँदा नेपालका कतिपय अस्पतालमा नराम्रो क्षति पुगिरहेको छ । खासगरी ओम अस्पतालले यस्तो सकर बढी व्यहोर्नु परेको छ ।

पछिल्लो समय मिर्गौला प्रकरणमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहितका डाक्टरसमेत पुर्पक्षका लागि थुनामा छन् । मेडिकल क्षेत्रमा अस्पतालले मच्चाएको ब्रम्हलुटका यस्ता खबर र नियत बाहिर आइरहेका बेला एउटा अस्पतालले साधारण बिरामीको पेट चिर्ने तयारी गरेको सूचना प्राप्त भएको छ ।

उक्त अस्पतालले बिरामी भनिएकी एक बालिकाको बारेमा गलत रिपोर्ट सुनाउँदै परिवारलाई अप्रेशनको तयारी गर्न फारम नै भराउन खोजेको थियो । अभिभावक चलाख भएका कारण बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल प्रालिको चरम लापरवाही र बद्मासीको रहस्य खुल्यो भने बालिका थप बिरामी हुनबाट जोगिइन् ।



सामान्य पेटदुखेर अस्पताल पुगेकी १२ बर्षिया सरिना प्रधानलाई इशान अस्पतालले जब ‘एपेन्डिक्स’ भयो भन्दै अपे्रशनको तयारी गर्दै ६० हजार रकम जम्मा गर्न भन्यो, उनीहरू झस्किए । तत्काल अप्रेशन गर्नुपर्ने नत्र घाउ फुट्न सक्ने अवस्थामा रहेका भन्दै तत्काल पैसा जम्मा गर्न अस्पतालका कर्मचारीले बिरामीका आफन्तलाई भन्यो ।

अस्पताल कर्मचारीको त्यो शैली देखेर बिरामी सरिनाका आफन्तलाई अस्पताल र कर्मचारीमाथि शंका लाग्यो । इशान अस्पतालबाट बिरामीलाई महाराजगंजस्थित अन्तर्राष्टिय मैत्री बाल अस्पताल लगेर तत्काल भिडियो एक्सरे गरियो । तर रिपोर्टमा इशान अस्पतालले भनेको जस्तो तत्काल अप्रेशन गर्नुपर्ने ‘एपेन्डीक्स’ भन्ने रोग देखिएन ।

एक्सरे दोहो¥याएर गरियो तर रिपोर्ट उस्तै आयो । घटना शुक्रबारको हो । तत्काल अप्रेशन गर्नुपर्छ भन्ने बिरामी अहिले सामान्य अवस्थामा छिन् । जनप्रहारसँग दुवै अस्पतालका रिपोर्ट प्राप्त भएको छ ।
वीर अस्पतालका एक डाक्टरका अनुसार ‘एपेन्डीक्स’ हो या होईन भन्ने कुरा रगतको परिक्षणबाट पनि थाहा हुन्छ । तर इशान अस्तालले अल्ट्रासाउन्डकै आधारमा तत्काल बालिकाको अप्रेशनको तयारी गरेपछि अस्पतालको नियतमा प्रश्न उठेको छ ।

इशान अस्पतालको भर परेको भए बिना कारण बालिकाको पेट चिरिन्थ्योे भने बिना उपचार परिवारको आर्थिक तनाव हुने थियो । यसबिरुद्ध पीडित पक्षले मेडिकल काउन्सिलमा उजुरीको तयारी गरेका छन् ।

Post a Comment

0 Comments