Subscribe Us

सुदामाको नेतृत्वमा भारतीय दूतावासको मुख्य गेटमा मोदीको पुत्ला दहन



काठमाडौँ, २२ कात्तिक । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ अमृत साइन्स क्याम्पस इकाईले भारतीय राजदूताबास लैनचौरको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

भारत सरकारले केही दिन अगाडि सार्वजनिक गरेको भारतको नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा राखेको भन्दै आक्रोसित विद्यार्थीले निशेधित क्षेत्र तोडेर गेटअगाडि पुत्लादहन गरेको हो ।

नेविसंघ अस्कल क्याम्पसका कार्यवाहक अध्यक्ष पुरन रोकाया (सुदामा)को नेतृत्वमा दूतावास पुगेको विद्यार्थी टोलीले पुत्ला दहन गर्नुका साथै नेपाली भूभाग मिच्न पाईँदैन भन्दै नाराबाजी समेत गरेका थिए । 

सोही क्रममा आक्रोसित विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो ।  झडपका क्रममा सुजन गुरुङ, देवेन्द्र तिवारी, अमृतजंग बस्नेत, प्रकाश अर्याल, आङनिमा शेर्पालगायत विद्यार्थी घाइते भएका छन् ।

आक्रोशित विद्यार्थीले आइतबार भारतीय दूतावासको सवारी साधन चल्न नदिने घोषणा समेत गरेका छन् । 



Post a Comment

0 Comments