Subscribe Us

चीनले सीमा मिचेको विरोधमा सर्लाहीमा प्रदर्शन


काठमाडौँ, २४ कात्तिक ।  स्थानीय राष्ट्रवादी युवाहरुको समूहले सर्लाहीमा चिनियाँ राष्ट्रपति सी चिङ पिङको पुत्ला दहन गरेका छन्। स्थानीय राष्ट्रवादी युवाहरुको समूहले आज दिउँसो जनकपुरको सर्लाहीमा चीनको हेपहा प्रवृतीको विरोधस्वरुप पुत्ला दहन गरेका हुन्।

चीनले नेपालको भू भाग अतिक्रमण गरेको विरोधमा पुत्ला जलाइएको उक्त समूहका एक सदस्यले बताए। चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६ हेक्टर भूभाग मिचेको विरोेधमा नेपाली जनाता आक्रोशित भएका छन्।

सरकारको एक अध्ययन प्रतिवेदनअनुसार चीनले नेपालको संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भुभाग मिचेको छ। कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले गरेको अध्ययन अनुसार उक्त नेपाली जमिन चीनले मिचेको हो। नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू शीर्षक दिएर तयार गरिएको प्रतिवेदनमा ३६ हेक्टर भूभाग मिचेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ,ुचीनले नेपाल(चीन सीमासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई यही गतिमा बढाउने हो भने नेपालले हजारौं हेक्टर जमिन गुमाउनसक्ने सम्भावना अत्याधिक छ।

नेपाल चीन सीमानामा नेपाल तिर नदिको वहावले ठूला ठूला मैदान बनाइरहेको र ती मैदानहरू नदीले चीनतिर पारिदिएका र त्यही अनुसार चीनले उक्त जमिन आफ्नो भन्दै सीमाना सारेको अध्ययन टोलीको निष्कर्ष छ।

Post a Comment

0 Comments