Subscribe Us

राजा पनि नाच्छन् बीच्च बीच्चमा ...


  • सर्वसाधारणसँग राष्ट्रिय गीतमा क्लवमा रमाएका शाह पश्चिम नेपालका जनता भेट्ने लामो भ्रमणमा निस्कन लागेका छन्


काठमाडौं । अभिनेत्री रेखा थापासँग सिंहदरबारको गेटमा नाचेका कारण नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना मात्र भएन, त्यो चर्चा अहिलेसम्म सेलाएको छैन । झन्डै एक दशकअघिको यो दृश्य अनेक नेतामा परिदृश्य बन्दै देखा पर्न थाल्यो । त्यसको प्रभावका रुपमा अभिनेत्री करिश्मा मानन्धरले राजनीति नै थालेकी थिइन् । कोमल ओलीलगायत अहिले नेकपामा नै सक्रिय छन् । 

गणतन्त्र नेपालमा नेतासँग नाच्नु स्वभाविक भए पनि २४० बर्षको विरासतसँगै साधारण जीवनमा प्रवेश गरेका राजपरिवारसँग भेट्नु, नाच्न पाउनु भन्नेचाहिँ कसैले सोचेका थिएनन्, सायद । अघिल्लो साता राजधानीको दरबारमार्गमा यो अवसर पाए, आजको पुस्ताले ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी शाहलगायत परिवारका सदस्य एलओडी क्लवमा पुगे, अकास्मात् । त्रिसरालगायतका रेष्टुरेन्टमा पुगी बेलामौका डिनर गर्ने र सर्वसाधारणसँग साधारण कुरामात्र गर्ने पूर्वराजा र परिवारले एलओडीमा सरप्राइज दिए– नाचेर । त्यो पनि आम साधारणको हात समातेर बीच्च बीच्चमा नाचिदिए, राष्ट्रिय गीत रातो र चन्द्र सूर्यमा । 
राजपरिवार मात्र परिवारवादी हुन्छ भन्ने मानक स्थापित भएको नेपाली समाजमा लोकतन्त्रको १२ बर्षपछिका राजनीतिक घटनाक्रम र उपक्रमसहित सत्तामा बसेका अनेक नेताका चित्र र चरित्रलाई आँखीझ्यालबाट हेर्दा व्यवस्थाको दुरुपयोग भएको ठान्ने पुस्ताका लागि यो अवसर बनिदियो ।

‘दरबारभन्दा पनि निकृष्ट हिसाबले परिवारवाद राजनीतिमा हावी गरिएको छ, आन्तरिक लोकतन्त्र ध्वस्त बनाइएको छ’, राजनीतिक चेत भएकाहरू चर्चा गर्छन्,‘पार्टीभित्र तानाशाही प्रवित्ति र मनोवृत्ति हावी गरिएको छ । यसकारण सत्ताको विकल्पमा जनमुखी मुद्दाको लयमा राजनीतिक दलभन्दा विभिन्न व्यक्ति, समूह र विकल्पको संस्थाप्रति झुकाव बढेको फिगर देखिन्छ ।’

भ्रष्टाचार, दुराचार, नातावाद, कृपावादमा सत्ताको बागडोर सम्हाल्दा अल्झिएका नेताले व्यवस्थामा परिवर्तन ल्याए पनि प्रवित्तिमा कुनै पनि प्रकारको परिवर्तन ल्याएको अनभूत हुन नसकेका बेला पूर्वराजा शाहले राष्ट्रिय गीतमा युवामाझ देखाएको प्रियता, उनको लोकप्रियता बन्न पुगेको छ । सो क्रममा निक्कै सर्वसाधारणले पूर्वयुवराज्ञी हिमानी शाहसँग पनि सेल्फी खिचेका थिए । कसैले पनि राजनीति र व्यवस्थाको खाडलबारे चर्चा गरेका थिएनन्, चर्चा भयो त पूर्वराजा नाचेको, झुमेको र सर्वसाधारणसँग अंकमाल गरेको ।

क्लवमा पूर्वराजाको प्रवेश हुँदा नेपालका नाम चलेका सेलिब्रिटीतिर कसैले पनि ध्यान दिएन । अभिनेत्री रिमा विश्वकर्मा, केकी अधिकारीलगायत पनि सोही क्लवमा थिए । तर, हिमानीका अघि अभिनेत्री फिक्का देखिए बरु, पूर्वराजा र परिवारसँग उनीहरूले पनि सेल्फी खिच्न भ्याए ।

अर्को साता पूर्वराजा शाह पश्चिम नेपालको भ्रमणमा निस्कन लागेका छन् । प्रदेश ५ का विभिन्न जिल्लाका ग्रामिण भेगमा सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम तय भएको शाहका सञ्चार सल्लाहकार डा. फणि पाठकले जानकारी दिए । ‘हरेक बर्षजस्तो यस पटक पनि जनतासँगको साक्षात्कारका लागि पश्चिम नेपाल जाने निधो भएको छ’, पाठकले भनेका छन्,‘सौहार्दता र जनतासँगको नजिकको सम्बन्ध कायम राख्नु राजपरिवारको परम्परा र बानी नै हो ।’

बेलामौका राजनीतिक, व्यवस्थासहितका विषयमा वक्तव्यबाजी गरेका पूर्वराजा शाहले युवा पुस्तालाई पुलकित बनाउने यो रणनीति अख्तियारी गरेको कतिपयको बुझाई छ । सत्ताधारी पार्टी र कतिपय राजनीतिक दलका कार्यकर्ताले भने पूर्वराजाको यस्तो रुपको कडा आलोचना गरे । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत यसबारे प्रतिक्रिया दिँदै भन्छन्,‘हात्ती चले बजार, कुत्ता भुके हजार भन्ने उखानको बिम्ब देखिन्छ यसमा । राजा राष्ट्रिय एकताका प्रतीक हुन् र जनतासँग छन् भन्ने सन्देश देख्नुपर्छ विदेशीका दलाल बनेका नेता र तिनका कार्यकर्ताले ।’

त्यसो त क्लवमा मात्र होइन, जनताका घर घरमा पुग्ने पूर्वराजा शाहको योजनामा कतै पनि रोक छैन । बेलामौका उनको भनाई र प्रभावसँग नेता आत्तिने गरेको सत्य अगाडि रहेको दर्शाउँदै बस्नेत जोड्छन्,‘राजाले जनताको गुनासो, समस्या सुन्ने र समाधानका निम्ति आफूले सकेको गर्ने काम गर्नुहुन्छ । कतिपय काम त हिमानी ट्रष्टमार्फत पनि भइरहेका छन् ।’

अर्को साता पूर्वराजा शाह पश्चिम नेपालको भ्रमणमा निस्कन लागेका छन् । प्रदेश ५ का विभिन्न जिल्लाका ग्रामिण भेगमा सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम तय भएको शाहका सञ्चार सल्लाहकार डा. फणि पाठकले जानकारी दिए । ‘हरेक बर्षजस्तो यस पटक पनि जनतासँगको साक्षात्कारका लागि पश्चिम नेपाल जाने निधो भएको छ’, पाठकले भनेका छन्,‘सौहार्दता र जनतासँगको नजिकको सम्बन्ध कायम राख्नु राजपरिवारको परम्परा र बानी नै हो ।’

Post a Comment

0 Comments