Subscribe Us

हुन्डाई गाडी बेच्ने लक्ष्मी इन्टरकन्टिनेन्टलको डरलाग्दो ठगी, नाफाबाहेक प्रतिगाडीमा २५ लाख घोटाला


  • ९३ प्रतिशत कर जोड्दा भारतमा ४० लाख नेपाली रुपैंयामा बिक्री हुने विद्युतीय गाडी २७ प्रतिशत करसहित ६५ लाख !

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल्स ब्रान्ड हुन्डाईको नेपाल बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली ग्राहकलाई एउटा गाडीमा नियमानुसार नाफाबाहेक कम्तिमा २५ लाख रुपैंया ठगी गरेको खुलेको छ ।

पछिल्लो समय हुन्डाईले भित्राएको कोनानामक विद्युतिय गाडीमा समेत लाखौं रुपैंया ठगी गर्दै आएको रहस्य खुलासा भएको छ । जुन गाडीमा सरकारले राजश्व समेत छुट दिएको छ । कोरियामा निर्मित कोना गाडी भारतका आधिकारीक डिलरले २२ लाख रुपैंयामा बिक्री गर्दै आएको छ । जबकी भारत सरकारले उक्त गाडीमा ८० प्रतिशत भन्सार र भ्याट १३ प्रतिशत लिएको छ । तर नेपाल सरकारले विद्युतिय सवारी साधनमा भन्सार दश, सडक सुधार ४ र भ्याट १३ प्रतिशत गरी २७ प्रतिशत मात्र कर लिँदै आएको छ ।

भारतको मूल्यअनुसार कोना गाडी नेपालमा ३५ लाख पर्छ । तर सोही गाडीलाई लक्ष्मी इन्टरकन्टिनेन्टलले ६५ लाखमा बिक्रि गर्दै आएको छ । कोनाको  ३ सय ५० माईलेज र ४ सय ५० माईलेज दिने दुई प्रकारका विद्युतिय गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले ६ महिनादेखि बिक्री गर्दै आएको हो । ९३ प्रतिशत भारत सरकारले कर लिँदा पनि कोना ४ सय ५० किलोमिटर माईलेज दिने गाडीलाई २२ लाख भारतीय रुपैंयामा त्यहाँका डिलरले बिक्री बितरण गर्दै आएका छन् । जसको नेपाली रुपैैंया ४० लाख जती हुन आउँछ । तर सोही गाडी नेपालमा २९ प्रतिशत सरकारले कर लिएर छाड्दा पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकबाट लाखौं रुपैंया ठगी गर्दै आएको खुल्छ ।

हुन्डाईको यो त एक उदाहरण मात्र हो । नेपालको अटोमोबाइल क्षेत्रमा सरकारले खासै ध्यान नदिदाँ आम उपभोक्ताहरू बर्षौंदेखि ठगीँदै आएका छन् । हुन्डाईले कानुनको धज्जी उडाँउदै लुटतन्त्र मच्चाएको छ । हुन्डाईले विद्युतिय गाडीमा मात्र होईन इओन इरागाडीको बिक्रीमा ५३ प्रतिशत, ग्रान्ड आइटेन गाडीमा ४३ प्रतिशत, आइ ट्वान्टी गाडीमा ३४ प्रतिशत र क्रेटा एसएक्स प्लस गाडीमा २६ प्रतिशत बढी मूल्य लिएको पनि फेला परेको छ ।

नेपाली बजारमा निकै रुचाइएको इओनगाडीको बिक्री मूल्य १२ लाख ४४ हजार रुपैयाँ रहेको छ तर लक्ष्मी इन्टरकन्टिनेन्टलले उत्तः गाडी १८ लाख ९८ हजार रुपियाँँमा बेचिरहेको छ ।

प्रत्येक गाडीमा कम्तीमा ६ लाख ४३ हजार भन्दा बढी नाफा लिएर बिक्रि गरिरहेको तथ्यले आम उपभोक्तालाई नराम्रोसँग झस्काएको छ । १८ लाख ८७ हजार मूल्य पर्ने ग्रान्ड आइटेन गाडीलाई २६ लाख ८६ हजारमा उसले विक्री गरिरहेका छन् ।

यस्तै, २८ लाख ३४ हजार मुल्य पर्ने हुन्डाई आइ ट्वान्टी गाडीलाई ३७ लाख ९६ हजारमा बिक्रि गर्दै आएको छ भने ४१ लाख ६७ हजार पर्ने क्रेटा एसएक्स प्लस गाडीलाई ५२ लाख ५६ हजारमा बिक्रि गर्दै आइरहेको छ । यो उपभोक्तामाथि गरिएको ब्रम्हलूटको वास्तविक तथ्य हो ।

नेपाल भित्रिएको मूल्यमा २० प्रतिशतभन्दा बढी रकम जोडेर सामान बिक्री गरिनु भनेको कानुनअनुसार कालोबजारीगर्नु हो । सरकारी निकायले भने छानबिनमा कुनै चासो देखाएको छैन ।

Post a Comment

0 Comments