Subscribe Us

नेपाल नेशनल अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौँ, २९ मङ्सिर । नेपाल नेशनल अस्पताल कलङ्कीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

अस्पतालले आजदेखि पुस ४ गतेसम्म अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर बहिरङ्ग स्वास्थ्य सेवा (ओेपिडि) र परामर्श सेवामा निःशुल्क गरेको हो । यस्तै, दन्त सेवा, पिएफटी ल्याव, भिडियो एक्सरे, ल्याब, इन्डोस्कोपी, शल्यक्रिया, भर्ना, ईसिजी, इको र एक्सरे सेवामा २५ प्रतिशत सहुलियतको व्यवस्था गरेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले गरिब तथा विपन्न परिवारका विरामीको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो ।

“अस्पतालमा आउने विरामीलाई बहिरङ्ग सेवा निःशुल्क, अन्तरङ्ग सेवामा २५ प्रतिशत र औषधीमा १० प्रतिशत सहुलियतको व्यवस्था गरेका छौँ,”–उहाँले भन्नुभयो । निःशुल्क स्वास्थ्य सेवा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।

यसैगरी, होलबडी प्याकेजको लागि रु चार हजार ९९९ मा प्याकेजको व्यवस्था गरिएको डा पौडेलले बताउनुभयो ।

Post a Comment

0 Comments