Subscribe Us

मनकारी नेकपा नेता जयन्त थापा, हेलिकप्टरमार्फत विरामीको उद्धार


काठमाडौँ, ३० मंसीर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका युवा नेता जयन्तकुमार थापाले हेलिकप्टर चार्टर गरेर विरामीको उद्धार गरेका छन् ।

युवा नेता थापाले रामेछाप उमाकुण्ड गाउँपालिका–५ का केशरबहादुर कार्कीकी विरामी श्रीमती केशरमाया कार्कीको हेलिकप्टर चार्टर गरेर ज्यान बचाएका हुन् ।

उमाकुण्ड गाउँपालिका सम्पर्क मञ्चका क्षेत्रीय कमिटी सदस्यसमेत रहेका थापाले विरामी परिवारसँगको सहकार्यमा विरामीको उद्धार गरी काठमाडौँ ल्याएका हुन् । “गाडिमा काठमाडौँ ल्याउँदा विरामीको ज्यान तलमाथि हुने भएपछि मैले हेलिकप्टर लगेर विरामीको उद्धार गरेको हुँ,«– थापाले भन्नुभयो ।

विरामी कार्कीको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको थापाले बताउनुभयो ।

Post a Comment

0 Comments