Subscribe Us

नयाँ बसपार्कमा रहेको ‘क्लब उडल्याण्ड–२’ ले मनायो प्रथम वार्षिकोत्सव (फोटोसहित)


काठमाडौँ ५ पुस । गोँगबुको नयाँबसपार्कमा रहेको ‘क्लब उडल्याण्ड–२’ ले पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।


काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नेपाल टेलिकम अगाडि विस २०७५ पुसमा स्थापना भएको उक्त क्लबले शुक्रबार राती आफ्नो पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।


काठमाडौँको दरबारमार्गमा निर्माण गरिएको क्लब उडल्याण्डको शाखासमेत रहेको उक्त क्लबको पहिलो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कलाकारलाई समेत आमन्त्रण गरेर मनाएको थियो ।


उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी र व्यवसायीहरुको समेत सहभागीता रहेको थियो । नयाँ बसपार्कका जनताको इच्छा र चाहनाअनुसार मित्रनगरमा क्लब सञ्चालनमा ल्याइएको क्लबका सञ्चालक प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।



Post a Comment

0 Comments