Subscribe Us

नेविसघंका सस्थांपक केन्द्रीय सदस्य पौडेललाई न्युयोर्कमा स्वागत


काठमाडौँ, ९ पुस । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेविसंघका सस्थांपक केन्द्रीय सदस्य गगां राज पौडेललाई न्युयोर्कमा स्वागत गरिएको छ । गत डिसेम्बर २३, २०१९ का दिन साँझ न्युयोर्कमा स्थापित गिरिजा प्रसाद कोइराला फाउण्डेशनले पौडेललाई स्वागत गरेको हो ।

फाउण्डेशनको अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गरेका थिए भने फाउण्डेसनका उपाध्यक्ष शुवर्ण लामा, केन्द्रीय सदस्य प्रेम पौडेल, कृयासील सदस्य सूर्य सिम्खडा सिमखडा र एनआरएन अमेरिकाको न्यु(यार्क च्याप्टरका कोषाध्यक्ष शोभाकान्त पण्डे लगायतको उपस्थिति रहेको थियो।

युग पुरुष स्वं गिरिजा प्रसाद कोइरालाको नाममा फाउण्डेशन स्थापित गरेर गिरिजा वावुको योगदानलाई देश विदेश सम्म चिनाउँदै अघि बढेकोमा फाउण्डेशन की केन्द्रीय अध्यक्ष माननिय सुजता कोइरालालाई पौडेलले धन्यवाद प्रकट गर्दै फाउण्डेशनको उद्वेश्य र लक्ष्यहरू पुरा गर्न हामी सबै कटिबद्ध भएर लाग्न जरुरी छ भने ।

Post a Comment

0 Comments