Subscribe Us

दुर्घटनामा पुर्नजिवन पाएकी रुवी : जसले व्यवसायलाई शिखरमा पु¥याइन्


काठमाडौँ, ११ पुस । नेपाली समाजमा विभिन्न किसिमका महिलाहरु छन् । सबै महिला एकैनास हुँदैनन् । नेपालको संविधानले महिलाको हक अधिकारलाई उच्च प्राथमिकता दिएसँगै नेपालको राष्ट्रपतिमा समेत महिला पुग्न सफल भएकी छन् ।

कोही महिला राजनीतिमा लागेका छन् त कोही शिक्षण पेशामा । कोही निजामति क्षेत्रमा लागेका छन् त कोही एनजीओ आइएनजीओमा । यस्तै कोही महिलाहरु व्यापार व्यवसायमा संलग्न रहेका छन् ।
त्यहि व्यापार व्यवसायमा लागेका महिला सफल महिला उद्यमीमध्ये एक हुन् रुवी रिजाल लोहनी । नेपालको पूर्वी तराई जिल्ला मोरङमा रिजाल परिवारमा जन्मेकी रुवी, व्यापार क्षेत्रमा संलग्न रहेका शैलेश लोहनीसँग विवहा बन्धनमा बाधिँइन् ।


बातावरण बिज्ञानमा स्नाकोत्तर दोस्रो बर्ष अध्यन गर्दै गर्दा काठमाडौँको गौशालामा रुवी दुर्घटनामा परिन् । दुर्घटनामा उनको खुट्टा का हड्डी नराम्रो गरि भाँचिए । उनलाई उपचारका लागि विएण्ड वि अस्पताल ग्वार्को पु¥याइयो । उपचारमा डा सरोज रिजालको टोलीले उनलाई उपचार ग¥यो । डाक्टरले समेत रुवीको भाचिँएको खट्टा जोडिन्छ भन्ने सोचेका थिएनन् । त्यस बेला रुबी ५ महिनाको सुत्केरी थिइन अर्थात उनको पहिलो सन्तान ५ महिनाको थियो । दुर्घटना भएको करिब ६ महिनाको समय उनको लागि अत्यन्तै कष्ठकर थियो र डाक्टरले समेत ६ महिनाको कम्पलिट बेड रेस्ट भनेका थिए ।

रुवीका श्रीमान् शैलेशले काठमाडौँको पुतलीसडकमा मेघाटेक कम्युटर पसल सञ्चालन गरेका थिए । रुवी विरामी भएर घरमा बैशाखी टेकेर बसेको बेलामा समेत काम गर्ने इच्छा जनाइन् । श्रीमान्ले उनलाई काम नगरी घरमा आराम गरेर बस्न सुझाए । तर रुवीले मानिनन् । रुवी मेघाटेकमा गएर काम गरेरै छाड्ने प्रतिवद्धता जनाइन् ।

रुवीको इच्छा र आत्माविश्वासलाई हार्न नसकेर श्रीमान् शैलेशले उनलाई दुर्घटनाको ४ महिनामा गाडीमा राखेर पुतलीसडकस्थित मेघाटेक कम्युटर सोरुम पु¥याए । उनी वैशाखी टेकेरै व्यापार व्यवसायमा लागिन् । पसल जान थालेको १५ दिनपछि रुवीको खुट्टा दुख्ने काम विस्तारै सन्चो हुँदै गयो । सायद काममा ध्यान गएको ले दुखाई बिर्सको हुनु पर्छ रुबीले सुनाइन ।  “रुवी पसल जान थालेको वर्ष नै मेघाटेक कम्युटरको व्यापार व्यवसायमा पनि फाइदा हुँदै गयो,”–श्रीमान् शैलेशले सुनाए ।

यसै बिचमा पढाइ जारीनै थियो र दोस्रो बर्षको परिक्षा पनि आयो र रुबी पनि समेल भइन । सानै देखि अब्बल रहेकी रुबीले घर अफिस गर्दै साथिहरुले ल्याइदिएको नोटका भरमा दिएको परिक्षामा उत्कृष्ठ अंकका साथ उतिर्ण समेत भइन । वातावरणीय विज्ञानमा स्नाकोत्तर गरेकी रुवीलाई विभिन्न एनजीओ, आइएनजीओमा जागिर खानका लागि अफर नआएका होइनन् । नेपालको वातावरण र हिमाली क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको केही आइएनजीओ ले समेत जागिर खान रुवीलाई बोलाएका थिए । रुवी आफ्नो अध्ययनको क्षेत्र भएको कारण सोही क्षेत्रमै जागिर खान चाहन्थिन् । व्यापार गर्ने सोच त थिदै नै थिएन ।

जागिर खाने मनसाय बनाएकी रुवी व्यापारमा राम्रो नाफा हुन थालेपछि  उनको जागिर खाने मनसाय व्यापारमा टर्न ओभर भयो । सुरुमा कम्युटर व्यवसायबाट सुरु भएको रुवी दम्पत्तीको व्यापार विस्तारै विस्तार हुँदै गयो । कम्प्यूटरको व्यवसाय रुबी एक्लै ले हेर्न सक्ने भए पछि श्रीमान चाही अन्य व्यवसाय बिस्तार तिर लागे । 

कम्प्यूटरको व्यवसाय गर्दा गर्दै उनले भरर्खर सुरु हुन थालेका फेसबुक लगायतका समाजिक संजालमा राम्रो दख्खल राखी सकेकी थिइन र सो मार्फत आफ्नो व्यासायको बिज्ञापन पनि गर्न थालिन र नतिजा राम्रो आयो । त्यसैले केहि नयाँ तरिकाले काम गर्नु पर्छ भनेर २०१४ मै उनले अनलाइन सपिङ ‘सोचेको डटकम’ बाट पनि कम्प्यूटर लगायतका सामानहरु नै बेच्न थालिन । यसको पनि नतिजा राम्रो अए पछि अन्य समान थप भयो जसमा पहिलो थियो कपडा ।

‘सोचेको डटकम’ अनलाइन सपिङमार्फत अहिले रुवी दम्पत्तीले दशौ हजार विभिन्न किसिमका सामाग्री नेपाली ग्राहकमाझ लैजान सफल भएका छन् । उनले अनलाइन सपिङको कामसँगै कमलपोखरीस्थित सिटि सेन्टरको तेस्रो तलामा  ‘मेलान्ज फेसन स्टोर’ सञ्चालन गरेकी छन् ।

मेलान्जको अर्थ हुन्छ धेरै थरिका कपडा । अनलाइन सपिङसँगै मेलान्ज कपडा पसल सन्चालनमा प्रवेश गरेकी रुवी मेलान्जको कार्यकारी निर्देशकसमेत हुन् । विसं २०७३ सालमा मेलान्ज सञ्चालन गरेकी रुवीले तीन वर्षको अवधिमा मेलान्जको शाखासमेत विस्तार गरिसकेकी छन् । धनगढी, सुनसरीको इटहरी र काठमाडौको पेप्सीकोलामा मेलान्जको शाखा विस्तार भएको छ ।

सवारी दुर्घटनाबाट पुर्नजिवन पाएकी रुवीको आत्माविश्वास झन् बढ्दै गएको छ । डाक्टरले ठिक हुदैन भनेको खुटाले उनी बिपी राजमार्ग लगायत सबै तिर आँफै सवारी चलाएर ओरदोर र्गछिन् र बर्षको कम्तिमा ४ उनी एक्लै बिभिन्न देशमा व्यापारी भ्रमण समेत र्गछिन । उन आगामी दिनमा देशका अन्य शहरमा समेत मेलान्जको शाखा विस्तार गर्ने तयारीमा रहेकी छन् ।

Post a Comment

0 Comments