Subscribe Us

कलिला बिद्यार्थीमाथी गोली चलाउने,
अनी कोहलपुरमै अड्डा जमाउने

काठमाडौं । फौजी सँगठनमा चेन अफ कमाण्डलाई ठूलो महत्व दिईन्छ । चेन अफ कमाण्डमा चल्ने सगठनमा मौखिक आदेशको पनि महत्व बलियो हुन्छ । 

सो आदेशको तत्काल कार्यन्वयन भएन भने कारवाहीको भागिदार समेत बन्नुपर्छ । तर हालै खसी काण्ड, र कलिला बिद्यार्थीमाथि भाँटा र रबरका गोलीसम्म चलाएपछि आलोचनाका पात्र बनेका बाँकेका एक डिएसपीलाई प्रहरी संगठनको लिखित आदेशले पनि छोएन । 

इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी हेमबहादुर शाहीले संगठनले गरेको सरुवाको बेवास्ता गर्दै कोहलपुर मै अड्डा जमाएका छन् । दशैंमा ‘खसी’ नपाएपछि एक तरुणदलका नेतालाई हतियार हालेर फसाएको र गाडी दुर्घटनापछि डिएसपी शाहीको नेतृत्वले संयमता अपनाउन नसक्दा, आन्दोलीत भिँड नियन्त्रण गर्न नसक्दा कफ्र्यु  समेत लगाउन परेको थियो । 
प्रहरीको कमजोरी देखाउँदै तत्कालिन जिल्ला प्रमुखको आदेशमा डिएसपीको सरुवा भएको थियो । कागजी रुपमा सरुवा भए पनि शाही भने आदेशको अटेर गर्दै कोहलपुर इप्रका छाडेर गएनन् । तत्कालिन समयमा डिएसपी शाहीलाई जिल्ला प्रहरी कार्यालयमा तानेर उनको ठाँउमा जिल्लाका सिनियर डिएसपी शिबबहादुर सिंहलाई पठाईएको थियो । शाहीले ठाँउ नछोडेपछि रमाना बोकेर हिडेका सिंह प्रधान कार्यालयमा हाजिर भएका छन् । 

त्यसपछि गत साता प्रहरी प्रधान कार्यालयले पुनः ईलाका प्रहरी कार्यालय कोहलपुरको लागि डिएसपी कुलदिप चन्दलाई सरुवा ग¥यो । तर सरुवा भई सकेका शाहीले कोहलपुर इप्रका कब्जा गरेर बसेपछि डिएसपी चन्द त्यहाँ जान सकेका छैनन् । कोहलपुर कब्जा गरेर बसेका डिएसपी शाही जिल्लाका प्रदेश सभा सांसद तथा नेकपाका जिल्ला अध्यक्ष आरपी खरेल र सचिव अशोक कोईरालालाई बोकेर थमौतीमा लागेका छन् । 

स्रोतका अनुसार नेकपाका अध्यक्ष प्रचण्ड निकट मानिने आरपी खरेल अहिले शाहीको बिषयलाई लिएर प्रचण्ड निवास धाउन थालेका छन् । नेपाली कांग्रेसले सरुवा गरेको आरोप लगाउँदै हाम्रो मान्छे हो ठिक छ भन्दै प्रचण्डको घरमा खरेल धाउन थालेको स्रोत बताउँछ । उता डिएसपी शाही भने कोहलपुरमा कुनै डिएसपीलाई छिर्न दिन्न भन्दै गुण्डागर्दी पाराले बसेका छन् । 

तर तानिएका डिएसपीको रवाफलाई संगठन प्रमुखले कुनै कारवाही गर्न सकेका छैनन् । २४ घण्टा भित्र छाड्नु पर्ने ठाँउ आज २४ दिन भई सक्दा पनि डिएसपी शाही कोहलपुर इप्रकामा अड्डा जमाएर बसेका छन् । उनको यो हर्कतलाई संगठनले कारवाही गर्न नसक्नुले शाहीको मनोबल बढेको छ भने प्रहरीमा पावरफूलले जे गरे पनि हुन्छ भन्ने एक किसिमको गलत सन्देश गएको बुझिएको छ ।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना२ख ९४५९ नम्बर ट्रकले त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ठक्कर दिएपछि बढेको विवाद सुल्झाउन शाहीलाई कोहलपुरबाट हटाउने निर्णय संगठनले गरेको थियो । 
मानवीय संवेदनामा ध्यान नदिईआन्दोलनलाई बल प्रयोग गरी अबोध बालबालिकामाथि रवरका गोली चलाउनु डिएसपी शाहीका कमजोरी थिए । 

Post a Comment

0 Comments