Subscribe Us

नाट्टाको अध्यक्षमा अच्युत गुरागाईँले उम्मेद्वारी दिने


काठमाडौँ, ८ पुस । टुर्स एण्ड ट्राभल्स व्यवसायमा लागेका पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईँ लड्ने भएका छन् ।

नाट्टाको आगामी जनवरीमा हुने ५२ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा सी एण्ड स्काई टुर्स एण्ड ट्राभल्सका सञ्चालक तथा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष गुरागाईँले अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेका हुन् ।
गुरागाईँले यसअघि पनि अध्यक्षका लागि उम्मेद्वार दिने घोषणा गरेपनि अन्तिम समयमा सहमतिका लागि वरिष्ठ उपाध्यक्षमा निर्वाचन लडेका थिए ।

विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा लागेका गुरागाईँले वर्तमान कार्यसमितिले गर्न बाँकी रहेका कामलाई पुरा गर्न अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको बताउनुभयो ।

वुद्धिष्ट इन्टरनेशनल ट्राभल्स मार्टको संयोजक बनेर नाट्टाको गरिमालाई उच्च बनाएका गुरागाईँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि पनि आफु अध्यक्षमा चुनाव लड्न लागेको बताउनुभयो ।

अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका वरिष्ठ पर्यटन व्यवसायी गुरागाईँसँग नाट्टाको एक कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल महासचिव भएर काम गरेको अनुभव छ । उहाँलाई अध्यक्ष बन्नका लागि वर्तमान अध्यक्ष सिएन पाण्डेको समेत पुर्ण साथ र सहयोग रहेको छ ।


Post a Comment

0 Comments