Subscribe Us

नेपाल नेशनल अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर : २५० विरामीले लिए निशुल्क सेवा


काठमाडौँ, ५ पुस । कलंकीमा रहेको नेपाल नेशनल अस्पतालले दिएको निशुल्क स्वास्थ्य सेवामा २५० विरामीले सेवा लिएका छन् ।

अस्पतालले जाडो यामसँगै मंसीर २९ देखि पुस ४ गतेसम्म अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर बहिरङ्ग स्वास्थ्य सेवा (ओेपिडि) र परामर्श सेवामा निःशुल्क गरेको थियो ।

यस्तै, दन्त सेवा, पिएफटी ल्याव, भिडियो एक्सरे, ल्याब, इन्डोस्कोपी, शल्यक्रिया, भर्ना, ईसिजी, इको र एक्सरे सेवामा २५ प्रतिशत सहुलियतको व्यवस्था गरेको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले गरिब तथा विपन्न परिवारका विरामीको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो ।

“अस्पतालमा आउने विरामीलाई बहिरङ्ग सेवा निःशुल्क, अन्तरङ्ग सेवामा २५ प्रतिशत र औषधीमा १० प्रतिशत सहुलियतको व्यवस्था गरेका थियौँ,”–उहाँले भन्नुभयो ।  निःशुल्क स्वास्थ्य सेवा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन  भएको थियो ।

यसैगरी, होलबडी प्याकेजको लागि रु चार हजार ९९९ मा प्याकेजको व्यवस्था गरिएको थियो ।

Post a Comment

0 Comments