Subscribe Us

प्रहरी महानिरीक्षक खनालद्धारा सागको सुरक्षाबारे जानकारी तथा छलफल


काठमाडौँ, २२ मंसीर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गण्डकी प्रदेशको पोखरामा जारी १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ ।

महानिरीक्षक खनालले पोखरामा जारी सागको विभिन्न प्रतियोगिताको सुरक्षा अवस्थाबारे आज बिहान जानकारी लिनुभएको हो ।


खनालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता काठमाडौँ–पोखरा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, दिपक कोइराला, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायत सुरक्षा निकायसँग प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो ।

यस्तै, उहाँले आजै विभिन्न प्रतियोगिताको खेलको निरीक्षण गर्नुका साथै खेलाडीलाई विजयको शुभकामना दिनुभएको थियो ।


Post a Comment

0 Comments