Subscribe Us

तस्करी जनप्रतिनिधि बिरुद्ध ईन्स्पेक्टर उत्रिएपछि,
कपनमा देखी बालुवाटार सम्म बबाल

काठमाडौं । नियम कानुनको पालना गर्ने अनि पालना गराउन अग्रणी भूमिकामा देखिनुपर्ने जनप्रतिनिधीहरू नै माफिया र तस्कर भएको प्रमाण भेटिँदै आएका छन् । एक पछि अर्को गर्दै जनप्रतिनिधीहरू पनि बिभिन्न गैर कानुनी काममा मुछिँदै आएका हुन् । आफ्नो पदीय मर्यादा बिर्सेर जनप्रतिनिधीहरू व्यक्तिगत फाईदाका लागि तस्करी समेत गर्न थालेको रहस्य खुलेको छ । 

बुढानिलकण्ड नगरपालिका अन्तरगर्त कपन १० का वडाध्यक्ष नवराज भट्टराईलगायतको समुहले क्याम्पस निमार्णको नाममा बालुवाको अबैध कारोबार गरेको रहस्य खुलासा भएको छ । जसको कारण क्याम्पस भबनलगायत सर्बसाधारणका अन्य घरमा समेत जोखिम पुगेको छ । 

कपन बहुमुखी क्याम्पसका केही कर्माचारीको मिलोमतोमा क्याम्पससँग जोडिएको सार्वजनिक बाटोको बालुवा निकालेर तस्करी गर्दै आएको रहस्य जनप्रहारले फेला पारेको हो । बिगत चार महिना देखि उक्त सार्वजनिक बाटोको १५ लाख बराबरको बालुवा वडा अध्यक्ष र क्याम्पसका कर्मचारीको मिलोमतोमा बिचबिखन भईरहेको हो । क्याम्पसकै बिल भौचरबाट  ७ हजार ५ सयको दरले बालुवा बेचबिखन गरेको भेटिएको हो । 

गैर कानुनी धन्दामा नगरपालिकाका मेयर उद्धव खरेलको समेत हात रहेको स्रोत बताउँछ । गैर कानुनी तरिकाबाट उत्खनन् गरिएको बालुवाको अबैध धन्दा रोक्न प्रहरीले कदम चालेपछि अहिले कपनकी प्रहरी निरक्षक सुरक्षा केसीलाई हटाउन उक्त समूह हात धोएर लागेको छ । 

वडा अध्यक्ष समेतको समूह प्रहरी निरक्षकको सरुवा गर्न गृहमन्त्रालय देखि प्रधानमन्त्री कार्यालयसम्म डेलिगेशन पुगेको थियो । तर जनप्रतिनिधि कै कमजोरी देखिएपछि गृहसचिव प्रेम राईले इन्स्पेक्टर केसीलाई हटाउन आएको प्रस्तावको बेवास्ता गरिदिएका थिए । 

अवैध उत्तखनन् माथि इन्स्पेक्टर केसीले धावा बोलेपछि तितर बितर भएका जनप्रतिनिधीहरू सरुवाको माग गर्दै गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय पुगेका थिए । इन्स्पेक्टर केसीले बालुवासहित केही गाडी नियन्त्रणमा लिई कारवाहीको लागि सम्बन्धीत निकाय पठाएपछि कपनका ति जनप्रतिनिधीका नाममा बालुवा तस्करहरू इन्स्पेक्टर केसीका आँखी बनेका छन् । 

उनीहरूले कपन बहुमुखी क्याम्पसमा १५ लाख घाटा भएको हुँदा त्यसको भरपाई गर्न बाटोको बालुवा निकाल्नु परेको भन्दै आएका छन् । सार्वजनिक बाटोको बालुवा निकालेर सो खाल्डोमा माटो भर्दै बालुवाको तस्करी जनप्रतिनिधिले नै गर्दै आएका हुन् । अबैध बालुवा उत्खनन्, मदिरा बेचबिखनलगायतका गैर कानुनी काममा रोक लगाएपछि अहिले कपनकी इन्स्पेक्टर सुरक्षा केसी कपनका जनप्रतिनिधीको आँखोको तारो बनेकी छिन् । 
सार्वजनिक बाटोको बालुवा निकालिएको ठाँउ




Post a Comment

0 Comments