Subscribe Us

तिब्बतमा २३ नेपाली विद्यार्थीलाई जीपी फाउन्डेसनको छात्रबृत्ति


काठमाडौँ, ९ पुस ।  गिरिजाप्रसाद कोइराला फाउन्डेसन जीपी फाउन्डेसनले चिकित्सा शिक्षा क्षेत्रका २३ विद्यार्थीलाई तिब्बतमा शैक्षिक अध्ययन भ्रमणको निशुल्क छात्रबृत्ति उपलब्ध गराएको छ ।

चिङख्वाई युनिभर्ससिटी टिबेटीयन मेडिकल कलेजमा एक महिने शैक्षिक आदनप्रदान कार्यक्रमका लागि पूर्ण छात्रबृत्ति प्राप्त २३ विद्यार्थीलाई फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले एक समारोहबीच विदाई गरिन । फाउन्डेसनका तर्फबाट शिक्षा विभागका छिरिङ साङडुप लामाले २३ विद्यार्थीको नेतृत्व गर्दै डिसेम्बर २४ तारिख तिब्बत उड्नेछन् । साथमा फाउन्डेसनका गुणराज प्याकुरेल पनि सहभागी हुनेछन् ।

विदाई समारोहमा अध्यक्ष कोइरालाले नेपाली विद्यार्थीहरुका लागि ठूलो अवसर प्राप्त भएको बताइन । उनले अन्य देशहरुसँग पनि विभिन्न संकायका विद्यार्थीहरुका निम्ती छात्रबृत्तिका लागि फाउन्डेसनले पहल गरिरहेको जानकारी दिइन । समारोहमा माथिल्लो विषय अध्ययनका लागि तिब्बतबाट चाँडै अन्य छात्रबृत्तिका कार्यक्रमहरुमा हस्ताक्षर हुने अध्यक्ष कोइरालाले बताइन ।

नेपाल–चीनबीचको ‘वान वेल्ड वान रोड’अवधारणालाई मजवुद बनाउन यस्ताखाले शैक्षिक कार्यक्रमले सघाउ पुर्‍याउने भन्दै उक्त विश्वविद्यालयले केही साताअघि फाउन्डेसनसँग छात्रबृत्ति उपलब्ध गराउन समझदारी गरेको थियो ।

एक महिने शैक्षिक आदनप्रदान गर्ने उक्त भ्रमणका बेला नेपाली विद्यार्थीहरुले आयुर्वेद चिकित्सा, चिकित्सासम्बन्धी तिब्बतीयन सिद्धान्त, चिकित्सकीय अभ्यास, औषधिको पहिचानलगायत विभिन्न विषयमा जानकारी हासिल गर्नेछन् ।

Post a Comment

0 Comments