Subscribe Us

मिटरब्याज धन्दाः सिंह र श्रेष्ठपछि महर्जन उदाए

ललितपुर । मिटरब्याजीका नाईकेका रुपमा चिनिएका ललितपुरका महेशबहादुर सिंह र काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ पछिल्लो समय गुमनाम छन् । 

यस्तै अन्य मिटरव्याजीहरू अहिले आफ्नो ब्याजीको धन्दा छाडेर कोही बिदेशिएका छन् भने कोही अरु नै पेशामा आबद्ध छन् । 

तर केही समय यता मिटरब्याजी सिंह र श्रेष्ठकै शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर घर जग्गा हड्प्ने काममा ललितपुर इमाडोलका सुरेश मर्हजनको जन्म भएको खुलेको छ । 

महर्जनले सिंह र श्रेष्ठको शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर दर्जनौ सर्बसाधारणको घरबास उठाएको प्रमाण जनप्रहारले फेला पारेको छ । 

एक जनालाई दिएको पैसाको महर्जनले घर परिवार सबैलाई भिन्ना भिन्नै कागज गराउने र पटक–पटक गरेर मुद्दा हाल्ने गर्दै आएका छन् । स्रोतका अनुसार उनले ललितपुर जिल्ला अदालतमा मात्र २० करोड भन्दा बढीको लेनदेन र बैदेशिक रोजगारीको मुद्दा दर्ता गराएका छन् । उनको यो पैसा स्रोत समेत खोजी हुन जरुरी छ । 

इमाडोलका स्थानीय बासिन्दा मर्हजन पछिल्लो समय एकाएक नब धनाड्यको रुपमा देखा परेका हुन् । उनले सामान्य व्यापारीलाई ब्याजमा पैसा लगानी गरेर मिटर ब्याजमा असुल्दै आएका छन् । उनलाई ६ महिना अगाडि एक अज्ञात समूहले ग्याकुमा खुकुरी प्रहार समेत गरेको थियो । 

केही भ्रष्ट प्रहरीको मिलोमतामो मर्हजनले मिटर ब्याजको धन्दा चलाउँदै आएका छन् ।  उनले टेकुका व्यापारी केशव तन्डुकार, बुढानिलकण्ठका कपिल भण्डारी, ललितपुरका नारायण महर्जन, भिम सापकोटा देवेन श्रेष्ठलगायतलाई पीडित बनाएका छन् । 

Post a Comment

0 Comments