Subscribe Us

नौ वर्षीया छोरीलाई जबर्जस्ती गर्ने बाबुलाई जन्मकैद

अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ।
अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा सो फैसला गरेको हो।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त स्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिए।
गत साउन २ गते जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो।
दस वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेमा कानुनअनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका स्रेस्तेदार टेकराज गैरेले बताए। रासस

Post a Comment

0 Comments