Subscribe Us

मोरङमा विद्यार्थी बोकेको बस दुर्घटना, एकको मृत्यु

मोरङ । रंगेलीमा कलेज बस दुर्घटना हुँदा एकको मृत्यु र ११ विद्यार्थी घाईते भएका छन् ।

बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटनाहुदाँ सहचालक समेत रहेका बसधनी विराटनगर(१५ बस्ने ३२ वर्षीय सानु साहको मृत्यु र ११ जना विद्यार्थी घाइते भएको प्रहरीले जानकारी दिएको छ।


दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्का पक्राउ परेका छन्। बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको खड्काले प्रारम्भिक बयान दिएका छन्।

Post a Comment

0 Comments