Subscribe Us

सभामुख पायौं अव एमसीसी अनुमोदन गर्नुपर्छ ; प्रधानमन्त्री ओली

काठमाणडौँ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा
ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नुपर्ने लगायत धेरै काम बाँकी रहेको बताएका छन्। ।

प्रधानमन्त्री ओलीले संसदमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटोलाई बधाइ दिदैँ भने ‘संसदमा थुप्रै काम बाँकी छ त्यो मध्ये एमसीसी पारित पनि गनुपर्नेछ। जसको सम्बन्धमा सविस्तार पछि भन्नेछु।’

त्यस्तै तीब्र गतिमा अगाडी बढेको दुनियाँलाई पक्रिन नसके पछि पर्ने बताए। ‘दुनियाँ तीब्र गतिमा अघि बढेको छ। विकासलगायतले अघि बढेको छ। हामीले तयो गति पक्रिन सकेनौं भने पछि पर्छौ।’

‘हामीले लडेर ल्याएको प्रणाली, संविधान अनुसारको कानुन निमार्णमा सरकार कटिवद्ध छ। साना कुरा र अनावश्यक बहसमा अल्झिनु हुँदैन’ ओलीले भने ‘हिजो हामी लोकतन्त्रको लडाइँमा सँगै थियौं। हाम्रा तरिका बाटा अलि फरक भएपनि गन्तव्य एउटै थियो। त्यसकारण ठूला असहमतिका कारण पनि सहमतिमा थियौं। उपलब्धिको अर्थ र मर्म स्वीर्कायता र संस्थागत गर्ने संविधान र अब समाजलाई अगाडी बढाउने यात्रामा छौं। हाम्रो समाजको चरित्र पनि त्यस्तै छ।’

सभामुख सापकोटालाई बधाइ दिदैँ ओलीले भने ‘खुशीको कुरा सभामुख सर्वसम्मत निर्वाचित भएकोमा बधाइ छ। यो राम्रो कुरा हो। संविधानको परिपालना र कानुनसम्मत संसदलाई अगाडी बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु। मेरो पूर्ण साथ र सहयोग हुनेछ। सकरात्मक भूमिकामा साथ हुनेछ।’

Post a Comment

0 Comments