Subscribe Us

गोरखाको एनसेल टावरमा आगजनी

  शुक्रबार राति करिब ११;३० बजे गोरखाको सहिद लखन गाउँपालिका-१ बक्राङ भोक्टेनिमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् ।
‘राति त्यो टावरको कनेक्सनमा समस्या देखियो,’ एसपी ओमप्रसाद अधिकारीले भने, ‘एनसेलका कर्मचारी र हाम्रो टोली त्यहाँ पुग्दा आगलागी भएको थाहा भयो ।’
आगलागीबाट टावरको तारमा क्षति पुगेको उनले बताए । जुटको बोरा र पराल प्रयोग गरेर आगो लगाइएको एसपी अधिकारिको भनाइ छ ।
टावरमा आगजनी भएसँगै सो क्षेत्रमा सेवा प्रभावित बनेको छ । आगजनी गर्नेको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments