Subscribe Us

लाइसेन्सको अनलाइन फारम प्रणाली ह्याक

काठमाडौं । सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली ह्याक भएको छ।
बुटवल, पोखरालगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार फारम भर्न सकिएन भनेर धेरै गुनासो आयो। जाँचबुझ गर्दा पोखरा र बुटवलमा एउटै आईपी एड्रेसबाट अस्वभाविक रूपमा धेरै फारम भरिएको भेटीएको हो ।
विभागको आइटी डिपार्टमेन्टले अनलाइन फारम प्रणाली ह्याक भएको आशंकामा हालको लागि अनलाइन फारम बन्द गरेको छ। काठमाडौंमा समेत ह्याक भएको हुनसक्ने विभागको आशंका छ।
‘बिचौलियाहरुले बिहानै ह्याक गरेर पैसा तिर्ने सेवाग्राहीको फारम भर्ने रहेछन्। अरूले भर्ने नमिल्ने रहेछ। त्यसैले हाल हाम्रो आईटी डिपार्टमेन्ट अनलाइन प्रणाली परिमार्जन गर्न प्रयासरत भएको विभागको भनाई छ ।

Post a Comment

0 Comments