Subscribe Us

सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस

काठमाण्डौँ । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेश दत्त भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका छन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूनमन्त्री भानुभक्त ढकाललाई दुबै आयोगका पदाधिकारीहरुको नाम बुझाएको हो । दुबै आयोग चैतदेखि पदाधिकारीविहीन छन् ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले दुबै आयोगका पदाधिकारीहरु नियुक्ति गर्नेछ ।

Post a Comment

0 Comments