Subscribe Us

तामाङ समुदायले २८५६औँ सोनाम ल्होसार मनाउँदै

काठमाण्डौँ ।मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले २८५६औँ सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज मनाउँदै छन् । 

मुसा, गाई, बाघ, खरायो, ड्रागन (
मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५५ औं वर्ष पूरा भएर २८५६ औं  वर्ष सुरु हुन्छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।


यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

Post a Comment

0 Comments